धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पछिल्लो समय आफ्नै सामाजिक सञ्जाल ‘हक साम्पाङ ए रेभुलसन’ मार्फत सञ्चारकर्मीमाथि प्रयोग गरेका शब्दप्रति नेपाल पत्रकार महासंघ सुनसरीले तीनदिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाएका छन् । महासघले अराजक शैलीमा प्रेस स्वतन्त्रता हनन हुने गरी सञ्चारकर्मी लक्षित अमर्यादित शब्द प्रयोग गरेकोप्रति ध्यानाकर्षण गर्दै तीन दिन भित्र चित्तबुझ्दो जवाफ दिन माग गर्दै स्पस्ट जवाफ नआए आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार धरान उपमहानगरपालिकाका मेयरकै कार्यकक्षमा पुगेर महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सविच धुव्र ढकालद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा तीन दिनभित्र स्पष्ट रुपमा चित्तबुझ्दो जवाफ अल्टिमेटम दिँदै चित्तबुझ्दो जवाफ नआएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले केही समय अगाडि खानेपानी बोर्डमा मनोमानी ढंगले कर्मचारी नयुक्ति गरेको र विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेले बोलेका कुरालाई लिएर सामाजिक सञ्चालमा सञ्चारकर्मीमाथि मानमर्दन हुने खालका शब्द प्रयोग गरेपछि उनीहरुले राज्यले समेत प्रेस स्वतन्त्रताको विषयमा सविधानमा उल्लेख गरेको अवस्थामा जथाभावि मानमर्दन हुने गरी लेखिर्एको पोष्टले सञ्चारकर्मीमाथि मानामानी भएको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जानकारी दिनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै मेयर हर्क साम्पाङले तीन दिनभित्र लिखित जवाफ दिने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले कसैलाई लक्षित गरेर सामाजिक सञ्जालमा अमर्यादित ढंगले केही नलेखेको स्पष्ट पार्दै आफूमाथि लाग्ने आरोपलाई बुझेर र पुष्ट्याइ गरेरमात्र आधारिक धारणा सञ्चारकर्मीले बाहिर ल्याउनुपर्नेमा जोड दिनु भएको थियो । केही समय अगाडि विभिन्न पार्टी सम्बद्ध युवा नेताहरुले पनि हर्क साम्पाङले आफ्नो फेसबुक पेजमा अमार्यदित ढंगले शब्द प्रयोग गरेको भन्दै ज्ञापनपत्र बुझाएको ्रथियो । पछिल्लो समय मेयर हर्क साम्पाङले सञ्चारकर्मीहरुलाई प्रयोग गरेको् ‘झोले पत्रकार’ प्रति महासंघको ध्यानाकर्षण भएको हो । सञ्चारकर्मी खिलानाथ विश्वकर्माले खानेपानी बोर्डमा मेयरले आफ्ना मान्छे भर्ती गरेको र विश्व प्रेस स्वतन्त्र दिवसका दिन महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले सार्वजनिक कार्यक्रममा धरानका मेयर प्रेस स्वतन्त्रता विरोधी भएको, अहिले पनि नगरपालिकाभित्रको विभिन्न शाखामा भ्रष्टाचार मौलाएको र बोर्डमा जम्मा भएको नौ करोड हिनामिना भएको कुरालाई लिएर साम्पाङले आफ्नै फेसबुकमार्फत प्रयोग गरेपछि साम्पाङको व्यवहारप्रति पत्रकारहरुले सच्याउन ध्यानाकर्षण गराएका हुन् । उनीहरुले लोकतन्त्रमा विधि, विधान र प्रक्रिया हुने भएकोले आफूलाई लागेको आरोपको विषयमा प्रक्रियागत ढंगबाट अगाडि बढ्न पनि सञ्चारकर्मीहरुले मेयर साम्पाङलाई सुझाव दिएका थिए । दुई दिनमै बुझाए स्पस्टीकरण धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको समय भन्दा एक दिन अगाडि नै धरान उपमहानगरपालिकाको लेटर प्याड प्रयोग गरी जवाफ दिएका छन् । आफू प्रेस स्वतन्त्रताको सम्मान गर्ने तर भ्रामक समाचार सम्प्रेषण गरेर विना आरोप अरुलाई आरोप प्रत्यारोप लगाउने अभिव्यक्तिको खिलापमा रहेको उहाले महासंघलाई बुझाएको पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले आफूमाथि लगाएको मिथ्या आरोपको पुष्टि गर्न समेत पत्रकार महासंघ सुनसरीलाई अनुरोध गरेका छन् ।
