धरान । रोग लाग्नु भन्दा रोग लाग्न नदिनु उत्तम हो । तर सचेतनाको अभावमा प्राय ः गरेर विभिन्न संघ, संस्था तथा स्थानीय तहहरुले गर्ने गरेका नि ःशुल्क स्वास्थ्य चेकजाँचमा रोग लागिसकेपछि मात्र चेकजाँचमा आउने गरेको पाइएको छ । स्वास्थ्य सम्बन्धी जनचेतनाको कमीले रोग लागिसकेपछि मात्र चेकजाँच गराउनेहरु यस्ता शिविरमा आउने गरेकोे चिकित्सकहरु बताउँछन् ।
धरानमा धेरै संघ संस्था तथा स्थानीय तहहरुले गरिब तथा सहायलाई लक्षित गरी समय समयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने गरेका छन् । तर शिविरमा आउनेहरु रोग लाग्नु भन्दा अगाडि पनि रोग लागिसकेपछि मात्र चेकजाँच गर्न आउनेहरुको संख्या बढी भएको चिकित्सकहरुले बताउने गरेका छन् ।

धरान उपमहानगरपालिका १६ नंं वडा समितिले पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञानमा कार्यरत चिकित्सकको सस्था लिओ क्लब अफ धरान घोपा नामक संस्थामा आवद्ध चिकित्सहरुहरुसँग समन्वय गरेर निःशुल्क चेकजाँच गरेको थियो । उपचारमा संलग्न चिकित्सक डा.निसान्त डल्लाकोटीले जनचेतनाको कमीले स्वस्थ्य हुदै भन्दा रोग लागिसकेपछि चेकजाँचका लागि धेरै सर्वसाधारणहरु आएको पाइएको बताउनुभयो । वडाले आफ्नो वडामा रहेका गरिब तथा असहाय जो स्वस्थ्यको पहुच भन्दा बाहिर रहेका छन् उनीहरुलाई लक्षित गरी मधुमेह, उच्च रक्तचाप र तौल र उचाईको सन्तुलन (विएमआई) टेष्ट निःशुल्क गराएको थियो । वडाले धरान १६ का जो गरिबी तथा कामको फुर्सद नमिलेर अस्पतालसम्म जान नसकेका सुकुम्बासी बस्तीका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको १६ नं वडासमितिकी सदस्य मिरा विश्वकर्मा बताउनुहुन्छ । यस वडामा ज्याला मजदुरी गुजारा चलाउनेको संख्या अत्याधिक भएकोेले स्वास्थ्यको पहुच नपुगेका, फुर्सद नमिलेर अस्पतालसम्म चेकजाँच गर्न जान नसेकालाई लक्षित गरीे लियो क्लब अफ घोपासँग समन्वय गरेर निःस्वास्थ्य शिविरको आयोजना गरिएको वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले बताउनुभयो ।
शिविरमा अधिकांश सर्वसाधारण रोग लागिसकेपछि चेकजाँच गराउन आएको पाइएकोले अब वडाले स्वास्थ्य सम्बन्धी सचेतना कार्याक्रमसँगै शिविरलाई नियमित सञ्चालन गरेर लाने योजना वडाले राखेको वडाध्यक्ष भट्टराईले बताउनुभयो । रोग लागिसकेपछि उपचारमा आउनुभन्दा पनि रोग लाग्नु भन्दा अगाडि नै समय समयमा चेकजाँच गराउनुपर्छ भन्ने सचेतनात्मक कार्यक्रमलाई वडाले अगाडि बढाउने उहाँको भनाई छ । शिविरबाट २ सय जनाले चेकजाँच गरे पनि ९० प्रतिशत सर्वसाधारण रोग लागेपछि मात्र चेकजाँच गराउन आएको पाइएको वडाले जनाएको छ ।
