धरान । बराहक्षेत्र नगरपालिका वडा नं. १ चावचा गाउँमा कोकाहा खानेपानी परियोजनामा काम गर्न गएका कामदारको लापारबाहीका कारण लागी हुदा स्थानीय मोहन दाहालको घर जलेर पूर्ण नष्ट भएको छ । विहीबार दिउँसो तीन बजेको समयमा खाना पकाएर ख आगो निभाइ जाँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको मोहन दाहालकी बुहारी गंगा कार्की दाहालले बताउनुभयो । उहाँका अनुसार श्रमदान

धरानबाट कोकाहा खानेपानीका लागि श्रमदानमा गएकाहरु त्यही घरमा खाने, सुत्ने र दिउँसो काममा जाने गर्थे । तर विहीबार भने खाना खाइसकेपछि आगो ननिभाईकन जाँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । उहाँले भन्नुभयो– ‘ हाम्रो घरबाट अलि पर बर्खामा बस्नका लागि बनाएको घर हो । कोेका खानेपानी आयोजनाको कामदारहरु घरमा बस्थे, बसेर काम गर्दै गर्दा दिउसो तीनबजेतिर उनीहरुले खाना पकाएर हिड्नु भएछ, आगो ननिभाई त्यतिकै छोड्दिनु भएछ । आगो ननिभभाएका कारण छेउमा भएको त्रिपाल सल्किएछ त्यहीबाट घरमा आगलागी भएछ ।’
