घण्टाघरबाट हेर्दा

के गर्दा हुन् बाजे ?
राष्ट्रपति आच्या रामचन्द्र बाजे दश पन्द्रेक दिन अगाडि हिरिक हिरिक भएसी’ एयर एम्बुलेन्सबाट उपचार गर्न दिल्ली पुगेछन् । बाजेको कन्पारो बलियै रै’छ । हिरिक्क हिरिक्क हुने बेलामा राज्येबाट औषधी खर्च,  हेरचाह सबै कुम्ल्याउने भए । एयर एम्बुलेन्स चढेर श्रीमति, छोरा,  छोरी, नातिसम्म दिल्ली पुगेछन् । बाजेको उपचार खर्च सबै गर्दा ३ करोड चानचुन भएछ । राज्येबाट त्यत्रो खर्च गर्नु हुँदैन भनेर चौतर्फी विरोध भयो । विरोध हुने भयो नि । कर्सैले सिटामोल चुस्न पाएका छैनन् कोही भने पशुपति जाने बेलामा सास हाल्न राज्यको पैसाले दिल्ली पुग्छन् । चौतर्फी विरोध हुन थालेसी सितल निवासका एक कारिन्दाले  राष्ट्रपति पौड्यालले आफ्नो उपचार खर्च आफै व्यहोर्ने भा’ हो भनेर विज्ञप्ती निकाले । लाजको मर्नु ? बाजेले त्यतिका पैसा कहाँबाट ल्याएछन् ? पैसाको स्रोत के हो ? बताउनु पर्दैन ? बात करता है ?


भुत्ला कृष्णे पनि धन्दोमा
स्यालबहादुरका अति विश्वास पात्र दुई जोइका पोई भुत्ला कृष्णे खाँण पनि सक्कली नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर धन्दोमा लाग्या रै’छन् । नक्कली शरणार्थी बनाउने मन्त्रालयमा भुत्ला कृष्णे नै थिए । ड्याम कि ड्याम प्रमानिकरण गरिदियो करोडौ रुपैयाँ झ्याम कि झ्याम बजाइदियो । त्यो घरेलु मन्त्रालयमा भुत्ला कृष्णेलाई पठाउन सिफारिस गर्ने तत्कालीन छायाँ पर्धानमन्तरीको पनि संलग्नता हुन सक्छ । झ्याम की झ्याम बजाएको रकम क–कस्को भागमा प¥यो होला ? जे होस् ढिलै ए नि भुत्ला कउृष्णेको संलग्नता सकारात्मक कुुरा हो । कि कसो हौ ?
पम्फादेवीको जन्म
नेपालका पम्फादेवीको जन्म त भर्खरै पो भएछ । सांसद अमरेश ुकमार सिंहले भन्या पम्फादेवीसँग लुटेको खरबौ रकम छ । कस्लाई मन्तरी बनाउने तिनैले सिफारिस गर्छिन् र कस्लाई सचिवमा बढुवा गर्ने, कस्लाई राजदूत बनाउने, कसलाई जिएम बनाउने, प्रहरीको उपल्लो तहमा कस्लाई बढुवा गर्ने सबै तिनै नव पम्फादेवीले गर्दै आ’छिन् रे । नव पम्फादेवीको अरबौको सम्पत्ति छानविन गर्न सांसदहरुले धेरै पटक आवाज उठाए । तर छानविन कस्ले गर्ने ? पम्फादेवीको नाम सुन्नासाथ सबै तिघ्रा मात्र कमाउँछन् । तिनका थुतुनो र अपानवायु छाड्ने द्वार दुवै बन्द हुन्छ । आखिरी पम्फादेवी न ठहरिन् ।
कर्मकाण्डी प्रशिक्षण
हैन हौ नाटक गर्न नि के साह«ो जान्या हौ ? यतिका दिनसम्म सुतरमुर्ग जस्तो चुपचाप बसेको नेप्लिज काँग्रेस सुनसररी क्षेत्र नं. १ ले एकैपटक २७ वटै वडामा प्रशिक्षण कार्जेक्रम सञ्चालन गर्देछ । यतिका दिनसम्म सुत्या थियो अस्तिको शनिवार त ज¥याकजुरुक उठेछ र कर्मकाण्डी प्रशिक्षण सम्पन्न गरेर फेरि ओथारो बसेछ । हुलका हुल बाँधेर ¥याले, मैसावहरुलई भेट्न काठमाण्डौ लर्केको थियो । घण्टाघरलाई शंका त लाग्या थियो फर्कदा राम्रै सामल पानीको व्यवस्था गर्छन् भनेर । व्यवस्था भएसी’ खित्रिक खित्रिक एउटा वडाको प्रशिक्षण कार्यक्रम गर्ने झण्झट किन गर्ने भनेर होलसेलमै कर्मकाण्डी चलाइदिएछन् । जे होस क्षेत्रीय सभापतिले मौका मात्र पाउनुपर्छ । मौका पाएसी’ चौका हान्न त खप्पिस छन् गाँठे ?
दे छन् बालेनले दनक
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले ठूला ठूला दलका सबै नेतालाई अस्तिका दिन दह«ै दनक दिएछन् । जनतालाई बेकुव बनायो, सिंहदरबार छि¥यो, कुर्सी दंगदंगी गन्हाउने बनायो, काम चाहिँ भुत्लोभाङ केही गर्ने होइन । बालेनले यातायात संस्थान, ट्रली बस, हिमाल सिमेन्ट, भृकुटी कागज कारखाना…….सम्म बचाउन नसक्नेलाई विदेशस् खेतलाको नाम देछन् । राम्रै गरे जो जो हो उसलाई त्यही भनिदिए । विदेशी खेतलालाई हामीचाहिँ नेता मान्छम क्या गज्जब छ । जे होस् बालेन भन्या बालेन नै हुन् । गोडादशेक बालेनमात्र भइदिए वातै खलास हुने थियो ।
जसको सिङ छैन………
हाम्रो गामघरतिर एउटा उखान छ जसको सिङ छैन उसैको नाम  तीखे । हुन त यस्ता धेरै उखान छन् । जसको खुट्टै छैन उसको नाम वीरबहादुर, जसको हातै छैन उसको नाम हस्तबहादर, जसको आँखै हुँदैन उसको नाम नेत्रबहादर, जो कानै सुन्दैन उसको नाम कर्णबहादुर, जो तन्नम हुन्छ उसको नाम धनबहादुर………। अब हेरम न कोशी प्रदेशको सरकार परिवर्तन गर्न चार सिटे माकुनेका खेतला बुर्कुसी मारेर लाग्या छन् रे । माने राजिन्द राई । एक पटक मुखमन्तरीको पदमा स्वाद पाइसकेका राई कोी पद्रेशको मुखमन्त्री हुन माकुनेको त्यो खै केजातिको राम्रैसँग मालिस गर्न थाल्या छन् रे । त्यत्रा त्यत्रा सिट जितेकाहरु जाबो चार सिटेलाई मुखमन्त्री बनाउन साह«ै मान्नेवाला छैनन् । वित्था सिँगौरी खेलेर किन सिङ फुकाल्न खोज्या होलान राजिन्दरले ?
कोइरीस“गै बस्ने रे
मुलुकमा केही दिन यता गज्ज्बका नाटक दे्खन थालिएको छ । हत्या र भ्रष्टाचारीका बीचमा लुकामारी चल्या चल्यै छ । यतिबेला मान्छे मारेको स्वीरेका प्रचण्डाउ देशका साँड छन् भने नेपालीलाई भुटानी शरणार्थी बनाएर अम्रिका पढाउन लाग्या टोपबहादुर  रायमाझी लुकामारी चल्या छ । यसो दुई चार आना लिएर अम्रिका पठाउनु नराम्रो हुँदै होइन । तर सांसदलाई यो कुरा पाच्य भएन । टोपबहादुरलाई लखेट्या छन् लखेट्या छन् । त्यसैले बालकोट खप्रओले टोपबहादुरलाई प्रचण्डाउ सिंहदरबारको साँठ छउन्ज्याल बालकोट नै बस्न सुझाएका छन् । टोपले नि आज्ञाकारी भएर बालकोटमा कोइरीसँगै बस्ने भन्देछन् ।
अन्तेमा
अस्तिका दिन राष्ट्रिय भाउजुले सबैलाई थर्काइछन् । भाउजुले थर्काएसी आराम गरेर बालुवाटारमा बसेका प्रचण्डाउको एकछिन त होस हवास नै गुम भएछ । नक्कली शरणार्ती प्रकरणमा पूर्व गृहमन्त्री भुत्ला कृष्ण खाँण पनि मुछिएसी राष्ट्रिय भाउजुले ठाडो चतावनी दिइछन् । भुटानी छानविन प्रकरण बन्द नगरेर सरकारै ढालिदिने रे । मुलुकमा भाउजुको लिला अपरम्परार छ । ¥याले दाजुलाई हाइ काढ्दै र उँग्दै ठीक छ । शरणार्थी प्रकरणबाट आजित माल क–कस्लाई भागबण्डा भयो भनेर अबचािहँ खोज्ने बेला भयो । नत्र राष्ट्रिय भाउजुको धम्की र घुर्की त्यसरी नआउनुपर्ने हो । जेहोस् अब राष्ट्रिय भाउजुको चेतावनी पछि प्रचण्डाउ क्या गर्दा हुन ? हिजोसम्म यो त टेलरमात्र हो भन्थे अब फिलिम चलाउँछन् कि बन्दै गर्दिन्छन् ? हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया