घण्टाघरबाट हेर्दा

किन सुध्रिने ?
शेरबहादुर आरजु कम्पनी यतिबेला धरासायी भा’ छ । धरासयी पनि यतिसम्म भएछ कि पूरै लगौटी खुस्केर ह्वाङ्गै । जाबो गोडा दुईएक ठामको निर्वाचन हार्दैमा बुद्धि बिग्रिएका थाँग्रेसीहरु अब नेतृत्व सिद्धिने हो कि सच्चिने भनेर एकोहोरो फलाकेका फलाकै छन् । आखिरी राणाको ज्वाई पो हुन त काजी साहेव । सच्चिएर बेइज्जत हुने काम छैन । उप निर्वाचन हा¥या त हो नि ? कति नै पहाडै भत्कियो, आँकाशै झ¥यो झैँ गरेर किन चिच्याएका होलान् ? जाबो तनहुँ हाँर्दैमा के फरक पर्छ ? पहिला पनि हारेकै हो क्यारे । चितवन पनि हारेकै ठाउँ हो । हारेको ठाउँमा हारे । साँच्चै भन्ने हो भोट पाएर जित्नेहरु पो सुध्रिउनु पर्छ त । हारेका मुलाले सच्चिएर, सुध्रिएर के अर्थ राक्छ र ? त्यसैले शेरु आरजु कम्पनी कभी नै सुध्रेगा । सुध्रेगा तो कम्पनी ही नही रहेगा ।
पेट दुख्दा करोडको क्षति


मुलुक चलाउने त बलिया बाँगा तिघ्रेले नै हो । पिण्ड खाने बेला भएका, लुते, लाँग्रालाई मुुलु्क चलाउने ठाममा पु¥याएर केही लछारपाटो लाग्दैन । अब हेरम न नेपालका राष्ट्रपति रामचन्द्रे बाजेलाई । बाजेलाई नौ दलीय लोभी पापी मिलेर शितल निवासतिर हुल्दिइहाले । शितल निवास बलिया बाँगाका लागि हो । पिलन्धरे बुढालाई हुल्दिएर साह«ै नकाम गरे । शितल निवास छिरेदेखि बुढाको कटक्क–कटक्क पेट दुख्न थाल्या थियो । अरुको पेट दुखाई सस्तो मस्तो हुन्छ । यसो ततोपानी, ट्याब्लेट खाँदा जाति हुन्छ । बुढाको साह«ै महंगो खालको रै’छ । उपचार गर्न दिल्ली पु¥याएस्को मात्र ढाइ करोड भन्दा बढी लागेछ । बाजेलाई त स्याहारसुसार गर्न पो राष्ट्रपति बनाइद्या रै’छ ।
अयोग्यलाई दुई लाख
कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझै अब माउवादीका अयोग्य लडाकुले छ्याप्पै दुई लाख क्यास पाउने भएका छन् । यो मुलुकमा योग्यले कहिल्यै केही पाएनन् । जागिरमा अयोग्य, टिकट वितरणमा अयोग्य, निर्वाचनमा जित्ने अयोग्य । योग्यको त यहाँ कुनै गुन्जायसै छैन । प्रमाणिकरण टोलीले माउवादीका अयोग्य लडाकु भनेर प्रमाणित गरेपछि किन पैसो दिने ? अब छ्याप्पै दुई लाखका दरले पैसो पाउने भएसी’अयोग्यहरु गदगद छन् ।
झोले पत्रकार
यतिबेला मुलुकमा भोलेहरुको विगविगी छ । जता पनि झोलेहरु । राजनैतिक पार्टीभित्र हे¥यो झोलेहरुकै राईदाई, कर्मचारीभित्र हे¥यो झोलेहरु माने दलालहरुकै चलखेल, व्यापारीमा पनि झोले, उद्योगीमा पनि झोले । यो झोलेहरु यत्रतत्र सर्वत्र फैलिएका छन् । हुँदा हुँदा पत्रकारितामा १२ भाई झोलेहरुले खुट्टा हल्लाएका छन् । झोलेहरुको कामै धम्क्याउनु, तर्साउनु अनि झोलामा हालीमाग्नु । झोलेहरुले बुढीगण्डकीको ९ अर्बमा केही झारेर चपाए, क्यान्टोमन्टको १९ अर्बको सुइँकै पाएनन्, वाइडबडीको ४ अर्बमा केही तानतुन पार्न भ्याए, एनसेलको ७२ अर्बमा राम्रो चाट्न भ्याए । पछिल्लो पटक बार्गेनिङ्गमात्र हुँदै गरेको ढाकाकुमार श्रेष्ठबाट सुक्को सुँघ्न नपाएसी’ र,िव लामिछानेको खेदो खनिरहेका छन् हरामी मुर्दाहरुले ।
नयाँ पनि पुराना…
यतिबेला मुलुकमा सिद्धिने र सुध्रिने कुराको बहस छेडिएको छ । आफूलाई ठूलो राजनीतिक पार्टीका नेता हुँ भन्नेहरु बरु सिद्धिन तयार छन् तर सुध्रिन तयार छैनन् । हुन त उनीहरु सुध्रिए पनि अब कसैले पत्याउनेवाला छैनन् । पुराना दलका पुराना सुध्रिने कल्पनै नगरे हुन्छ । बरु अहिले खरानी घसेर आएका नयाँ दलहरुका नेताहरु पनि केही समय पछि पुराना जस्तै हुन्छन् । सत्तामा पुगेपछि सुध्रिने त कुरै आउँदैन । राजनीति भन्या जोगी र सन्यासी बन्न ग¥या हो र ? सुध्रिएर आफ्नै घरकी जोइको लात्ती खान कोही तयार त हुँदैनन्, कि कसो हौ ?
आतंककारी पो भन्देछन्
झालेमालेका अध्यक्षे खप्रओलाई कोशी प्रदेश खारेजीको माग बोकेर ढ्यांग्रो बजाइरहेका पहिचानवादीहरुलाई आतंककारी भन्देछन् । हुन त खप्रओले भन्नचाहिँ कस्लाई बाँकी राख्या छन्
र ? तर आन्दोलन गर्नेहरुलाई आतंककारीचाहिँ भनिहाल्नु हुन्न थियो । कोशी प्रदेश खारेजीको आन्दोलन गर्दै आएकाहरुले अस्तिका दिन झापातिर खप्रओको कार्यक्रममा दह«ैसँग ढुंगा मुढाको घुएँत्रो हानेछन् । दह«ैसँग नहाने आन्दोलन हुँदैन । उनेरले हानेको ढुंगा उनेरकै वंशका प्रहरीको टाउकोमा बज्रेछ । विचराको खप्पराँ केही टाँका लगाउनु परेछ । अर्का पनि उसैगरी घाइते भएछन् । जे भएपनि आफ्नै वंशको टाउकोचाहिँ त्यसरी फोर्नु हुन्थेन । खप्रओतिरै भ्याइदिएको भए कोशी प्रदेश तत्काल खारेज हुन्थ्यो । आन्दोलन गर्न पनि जान्नु प¥यो नि † कि कसो हौ ?
शर्मालाई लघारेछन्
जनता जागेपछि आफूलाई तीसमार खान सम्झनेहरु पनि बेपत्ता हुँदा रा’न । अपानवायु छाड्न सके बिसेर धाइफल तोड्दा रै’छन् । अब हेरम न सरकारको सूचना तथा सञ्चार मन्त्री प्रवक्ता रेखा शर्मा आफ्नै निर्वाचन क्षेत्र दाङ पुग्दा आफ्नै मतदाताले लघारेछन् । जनताको सूचना तथा सञ्चारमन्त्री भा’ पो ? सरकारको भएपछि जनतालाई त्यसै त्यसै कन्सिरी तातिने भैहाल्यो । दुई पैसाको काम खालो सार्नु छैन बडो तामझाम गरेर आउने भन्दै जन्ता जंगिएसी’ विचरीले कुले ठोक्नमै ठीक ठानिछन् ।
अन्तेमा
नौ दलीय सत्ता गठबन्धनका मतियारहरुलाई नेपाली जनताले हिजो आज डेढा आँखाले हेर्न सक्दैनन् । प्रचण्डाउले काँधमा सुँ गरिदिँदा लाँग्रेसका स्यालबहादुर बोकेर ठमठमी हिड्दा पनि झोलेहरु थपडी मारेर बस्या छन् । तनहुँ र चितौनमा जनताले स्यालबहादुरका नन्दीभृंगीहरुलाई लोपारिदिँदा पनि झोलेहरु वाह † वाही † गरेर बस्या छन् । प्रहरी, शिक्षकको तलब रोकेर प्रचण्डाउले आफ्ना नाजायज अयोग्य सन्तानलाई रकम बाँड्न लाग्दा पनि झोलेहरु थपडी मारेर बस्या छन्, प्रचण्डकी पुत्रीलाई सिंहदबारको दबाबमा अवार्ड दिँदा नि झोलेहरु थपडी मारेर बस्या
छन् । अन्तेमा यो मुलुक झेलेहरुले नै डुबाउने भयो । जय होस् झोलेहरुको ।

तपाईको प्रतिक्रिया