धरान । धरान उपमहानगरपालिका वडा नं. १ र छाताचौक टोल विकास संस्थाको पहलमा शनिवार भएको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । छाताचौकको पुरानो हस्पिटल अघिल्तिर भएको रक्तदान वडा नं. १ आयोजना र छाताचौक टोल विकास संस्थाको संयोजनमा भएको वडाध्यक्ष द्वारिका आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो विगत केही समय यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको चरम अभाव भएको सुन्नमा आएकोले वडाका तर्फबाट सानो भएपनि सहयोग पुगोस् भन्ने हेतुले नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । वडाध्यक्ष आचार्यले यसमा छाताचौक टोल विकास संस्थाका अध्यक्ष सुमन श्रेष्ठले सहयोग पु¥याएको बताउनुभयो ।
