पहिचानवादीद्वारा दश दिने अल्टिमेटम

धरान । प्रदेश नं. १ को नाम ‘कोशी’ भएपछि आन्दोलित बनेका पहिचानवादीहरुले  कोशी प्रदेशको नाम खारजीको माग गर्दै १० दिने अल्टिमेटम दिएका छन् ।
प्रदेश नं १ पुनः नामाङ्कन सङ्युक्त संघर्ष समिति गठन गरेरै आन्दोलमा होमिएका पहिचानवादीहरुले चैत्र २७ गतेपछि माग पूरा गर्न सरकारपक्षलाई दश दिने अल्टिमेटम दिएका हुन् ।


उनीहरुले जारीे एसईई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म संघर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरु न्गर्ने बताएका थिए । उनीहरुले आन्दोलनको ३३ औँ दिनमा पुग्दा समेत राज्यको तर्फबाट आन्दोलनलाई वेवास्था गरिएको बताउँदै एसइइ पछि आन्दोलनलाई सशक्त बनाउने बताएका छन् ।
उनीहरुले आन्दोलनका क्रममा ‘कोशी’ प्रदेश खारेज गर्नुपर्ने, मृत्यु भएका लाजेहाङ लिम्बु (पदम)लाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने, लगायतका माग राख्दै आन्दोलन चर्काउँदै आएका छन् । सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै निर्णायक आन्दोलनको १० दिने चेतावनी (अल्टिमेटम) पत्रसहितको चैत २७ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया