मोरङको खोरियामा प्रेमि–प्रेमिकाको शव फेला

मोरङ । मोरङमा एक जोडी लिच्चीको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । मोरङको रंगेली नगरपालिका – २ खोरिया टोलको लिच्ची बगानमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु प्रेमी र प्रेमिकाको रहेको स्थानीयले बताएका छन् । इश्वरी कृषी फर्मको लिच्ची बगानमामा झुण्डीएको अवस्थामा शुक्रबार दिउँसो भेटिएको थियोे । रंगेली नगरपालिका २
खोरियाटोल घरका भएका १८ वर्षीया सन्जय उराउ र बेलबारी नगरपालिका २ थापा टोलकी १७ वर्षीया ललिता उराउ झुण्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । लचीको बोडमा झुण्डिएको अवस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा इलाका  प्रहरी कार्यालय रंगेलीको प्रहरीले टोलीले मृतकको पोष्टमार्टमका लागि अस्पताल लगेका थिए । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया