धनकुटाको भेडेटारमा रहेको पाथीभरा मन्दिरमा भक्तजन बढ्दै

धरान । ताप्लेजुङको पाथीभरा देवीको शाखाको रुपमा स्थापना गरिएको धनकुटाको भेडेटारमा अवस्थित पाथीभरा मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुको भिड लाग्ने गरेको छ । सेन वंशीय राज्यका सेनाले पुजा अर्चना शुरु गरेको कथन  रहेको मन्दिरमा भाकल पुरा गर्न आउनेको भिड बढ्न थालेको छ ।  प्रदेश नम्बर १ कै मुख्य पर्यटकीय क्षेत्र भेडेटारमा अवस्थीत पाथीभरा देवीको मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुको भिड लाग्ने गरेको छ । भेडेटार बजारबाट आधा घण्टाका पैदल दुरीमा रहेको पाथीभरा मन्दिर तत्कालिन सेन वंशीय राजाले स्थापना गरेको साँगुरी गढीमा तैनाथ सेनाहरुले निशान देवीको पुजा गर्न थाले संगै पाथीभरा देवीको स्थापना भएको पाथीभरा मन्दिरका मुख्य पूजारी बलबहादसुर लिम्बु बताउनुहुन्छ ।


सामुन्द्रिक सतह देखि १४ सय ५१ मिटरको उचाईमा रहेको देवीको मुर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरि पुजा गरिदै आएको छ । ताप्लेजुङको पाथीभरा देवीको शाखाको रुपमा मानिए पनि भेडेटार स्थित मन्दिरमा पुजा अर्चनाका लागि प्रवासमा रहेका नेपालीहरु पनि आउने गरेका छन् । पछिल्लो समय भेडेटार घुम्न आउने धार्मिक पर्यटकहरुका लागि पाथीभरा देवीको मन्दिर पवित्र स्थल बन्दै गएको भत्तजनहरु बताउँछन् । भेडेटार बजार देखि ५ सय मिटर सम्म सवारी साधनमा र करिब २ सय मिटर पैदल हिडे पछि मन्दिर पुग्न सकिन्छ । पाथीभरा देवीको मन्दिरमा हिन्दु धर्मावलम्बी मात्रै नभई अन्य धर्ममा आस्था राख्नेहरुका लागि पनि पर्यटकीय गन्तव्य बनेको छ । अझ यसको प्रचारप्रसारसंगै मन्दिरको व्यवस्थापनमा समाजमा विभिन्न पक्षबाट ध्यान पुग्न थालेपछि यसको महत्व अझ बढेर गएको छ । भेडेटारका स्थानीयले यसको विकासका लागि गरेको पहलले पनि धर्मालम्बी आउने वातावरण दिनप्रतिदिन सिर्जना हुदै गएको हो ।

तपाईको प्रतिक्रिया