धरान/पश्चिम बंगालकी मुख्य मन्त्री ममता वनर्जीले वैसाख २१ गते सोमबार एक लाख थान त्रिपालसागै अन्य राहत सामाग्री नेपालका सहरी विकास मन्त्री डा. नारायण खड्कालाई कााकडभिट्टामा हस्तान्तरण गर्दा भनेकी थिइन् ‘यी सामान भुकम्प प्रभावितहरुसम्म पुगोस है ।’
तर वनर्जीले उपलब्ध गराएका त्यस्ता राहतका सामाग्री केही दिन पछि नै राजधानीका केही व्यवसायीका गोदाममा फेला परे । यसबाट प्रष्ट हुन्छ सरकारका मन्त्रीहरु नै व्यापारी हरुसागको सााठगााठमा राहतका सामान लुकाउने धन्दामा संलग्न छन् । सामान बुझिसकेपछि ती सामान कहाा जम्मा भयो अर्थात पीडितसम्म पुग्यो कि पुगेन भनेर औपचारिकहता निर्वाह गर्न पनि सोधपुछ, जानकारी लिनु पर्ने हो । तर सहरी विकास मन्त्री डा. नारायण खड्काले त्यसो गरेनन् ।
विराटनगर भन्सार कार्यालयबाट भन्सार छुटको नाममा हालसम्म भुकम्पपीडितहरुकै प्रयोजकनका लागि आयात गरिएका झण्डै ७ करोड मूल्य बराबरको त्रिपाल लगायत अन्य राहतका सामाग्री कुन ठाउामा वितरण भयो भएन दैवी प्रकोप उद्धार समिति मोरङ्गका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई समेत पत्तो छैन । भुकम्प प्रभावितहरुको प्रयोजनका लागि भन्दा पनि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा शून्य भन्सारमा व्यवसायीले सामान आयात गरी गोदाममा थन्क्याउने गरेका छन् । विराटनगर भन्सारबाट शून्य भन्सारमा आयात गरिएका राहत सामाग्री सुनसरी र मोरङ्गका विभिन्न गोदाममा पुगेको स्रोतले जानकारी दिएको छ । तर प्रहरी, प्रशासन, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व कार्यालयले त्यसरी
राहतको सामाग्री थन्क्याइएका गोदाममा आफ्नो पहुाच पुर्याएका छैनन् ।
सरकारले भुकम्प प्रभावितका लागि राहत दिन औषधिदेखि खाद्यान्न सम्ममा छुट दिएको छ । विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेतका अनुसार ५६ प्रकारका औषधिजन्य सामाग्री बिना भन्सार आयात गर्न सकिन्छ । ९० प्रकारका औषधि भन्सार छुटमा आयात गर्न सकिन्छ । कृषि तथा मलतर्फ ६ वटा वस्तुमा यतिखेर भन्सार छुट दिएको छ । खाद्यान्नमा पनि पूरै छुट छ भने विद्यालयको अस्थायी कक्षा कोठा निर्माण गर्न आवश्यक पर्ने सामाग्रीमा पनि छुट दिइएको छ । प्रमुख जिल्ला अधिकारीको सिफारिस ल्याएमा यी वाहेक त्रिपाल, टेन्ट, तारपोलिन लगायतका सामानमा छुट दिइएको पनि प्रमुख बस्नेतले जानकारी दिनुभयो । महाविनासकारी भुकम्पले सिन्धुपाल्चोक, दोलखा, गोरखा लगायतका जिल्ला युद्धपछि छाएको सन्नाटा जस्तै भएको छ । भुकम्प र सुख्खा पहिरोको कारण ती जिल्लाका बजार र गाउाबस्ती सबै उजाडिएका छन् । अझ पनि कैयौ स्थानमा उद्धार कार्यहरु हुन सकेका छैनन् । मृतकका शवहरु गन्हाउन थालेका छन् । बााचेकाहरु खुल्ला आकाशमुनी भोका ेपेट समाएर बााच्न बाध्य भएका
छन् । तर जसका लागि दाताहरुले राहत दिएका हुन् वा जसका लागि शून्य भन्सारमा राहत सामाग्री झिकाइयो त्यसको भने चरम दुरुपयोग भएको छ ।
हालैमात्र शून्य भन्सारको सुविधा पाएपछि यहााका व्यवसायीहरुले आठ लाख थान त्रिपाल, टेन्ट र तारपोलिन भित्र्याएका छन् । तर व्यापारीबाट पीडितले सर्वसुलभ ढंगले त्यस्ता सामान खरिद गर्न पाएका छैनन् । आखिर ती आठ लाख त्रिपाल, टेन्ट र तारपोलिन कहाा गए ? एउटै व्यापारीले ८ पटकसम्म शून्य भन्सारमा यस्ता सामानहरु भित्र्याएको पाइएको छ, विराटनगर भन्सार कार्यालयले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिसमा एउटै व्यक्तिले विभिन्न फर्मका नाममा यस्ता सामान ६ पटकसम्म आयात गरेका छन् ।
