धरान । दार्जिलिङ निवासी नेपाली फिल्म निर्देशक प्रताप सुब्बा अब सम्झनामा मात्र रहनु भएको छ । नेपाली फिल्म क्षेत्रलाई आजको अवस्थासम्म ल्याई पु¥याउन सुब्बाले चार दशक भन्दा अधिक समयदेखि निरन्तर योगदान दिँदै आउनु भएको थियो । केही समयदेखि अस्वस्थ रहँदै आउनु भएका सुब्बाको दुई हप्ता अगाडि उपचारको क्रममा सिलगुढी स्थित अस्पतालमा निधन भएको थियो । नेपाली चलचित्र निर्देशक सुब्बाले एक दर्जन भन्दा बढी चलचित्रको निर्देशन गर्नुभएको थियो । चालीसको दशकमा निर्देशित नेपाली चलचित्र परालको आगो, मसाल, चट्याङ, कही अँध्यारो कहीँ उज्यालो, दिदी, भिष्म प्रतिज्ञा, बाँच्न चाहनेहरु लगायतका चलचित्रको निर्देशनले सुब्बालाई अविस्मरणीय बनाएको छ । यसमध्ये गुरुप्रसाद मैनालीको कथामा आधारित परालको आगो सुब्बाको सर्वाधिक रुचाइएको चलचित्र हो ।

नेपाली कलाकारहरुलाई समावेश गरी निर्मित परालको ्रआगो नेपाल बाहिर बनेको पहिलो चलचित्र समेत थियो । निर्देशक सुब्बाले दार्जिलिङमै बसेर अन्य नेपाली चलचित्र पनि निर्देशन गर्नुभएको थियो । बंगाली फिल्म निर्माता सत्यजित रे कै शैलीमा चलचित्रको निर्देशन क्षमता राख्नुहुन्थ्यो । वि.सं. २००१ सालमा दार्जिलिङमा जन्मनु भएको सु्ब्बाले कलकत्तामा भारतीय फिल्मको काम गर्दा उहाँको घनिष्ठता चर्चित बंगाली निर्देशक सत्यजीत रेसँग भएको थियो । निर्देशक सुब्बाले नेपाली सिनेमा मार्फत भारतीय मुलका नेपालीहरुलाई विविध माध्यमले जोड्ने काम समेत गर्नुभएको थियो ।
तीस र चालीसकोे दशकमा सुब्बाकै कारण दार्जिलिङका चर्चित गायक, गायिका, संगीतकारहरु नेपाल आएका थिए । सुब्बाले वि.सं. २०५० सालमा दार्जिलिङमा डायमण्ड फिल्म इस्टिच्युट स्थापना गरी कैयौ कलाकार र निर्देशकहरु उत्पादन गर्नुभएको थियो । उहाँ निर्देशकमात्र नभएर कुशल लेखक पनि हुनुहुन्थ्यो ।
त्र
