नेपाली सेनाको भ्रामक समाचारप्रति ध्यानाकर्षण

धरान/नेपालमा हालै गएको विनासकारी भुकम्पबाट हज्जारौ सर्वसाधारणले ज्यान गुएका छन्, लाखौ घाइते भएका छन् र खरबौको सम्पत्ति नष्ट भएको छ । यो महाविपत्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग र राहतमा स्वस्फूर्त ढंगले जुट्नेहरु प्रभावित क्षेत्रमा काम गरिरहेका छन् ।
वैसाख १२ गते लगत्तै छिमेकी
राष्ट्र भारतले सबैभन्दा पहिला उद्धार टोली र राहत पठाएको थियो । तर भारतले
गरेको उक्त सहयोगलाई लिएर यहााका केही सञ्चारमाध्यम, केही संगठित व्यक्तिहरुले जुन रुपमा भ्रामक प्रचार
गरे त्यस सम्बन्धमा नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले वैसाख २८ गते एक विज्ञप्ती प्रकाशित गरी अनर्गल हल्ला र भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाली सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, विभिन्न पत्रपत्रिका तथा आम सञ्चार माध्यमहरुमा भारतीय वायु सेनाले भुकम्प पीडितरुलाई उद्धारमा चाख नदिई आफ्नै नागरिकको
उद्धारमा केन्द्रित भएको जस्ता गलत तथा भ्रामक समाचार एवम् टिकाटिप्पणीप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ, नेपाली सेनाको (:गतिष् ल्बतष्यलब िmष्ष्तिबचथ अययचमष्लबतष्यल अभलतचभ ९:ल्:ऋऋ० को संयोजकत्वमा खोज, उद्धार तथा राहत कार्यमा आएका भारतीय सेनाको सर्च एण्ड रेस्क्यु टिम, मेडिकल टिम तथा वायु सेनाको टोलीले हालसम्म काठमाण्डौ लगायत भुकम्पबाट प्रभावित विभिन्न जिल्लाहरुमा ४ सय ७७ पटक उडान भरी १ हजार ३ सय ५७ जना स्वदेशी तथा १ सय ६४ जना विदेशी
नागरिकलाई उद्धार गरिसकेको साथै भुकम्पबाट प्रभावित भएका विभिन्न जिल्लाहरुमा भुकम्प पीडितहरुको लागि अति आवश्यक खाद्यान्न र अन्य राहत सामाग्रीहरु गरी कुल १, ९२, २९५ केजी पुर्‍याइसकेको छ । यसैगरी
पोखराबाट भारतीय वायुसेनोले २०७२ वेसाख २६ गते सम्म खाद्यान्य र अन्य
राहत समाग्री गरी १, ५०,५९० केजी भुकम्प प्रभावित जिल्लाहरुमा पुर्‍याइए सकेको छ । त्यसैगरी घाइते विरामी तथा अलपत्र परेका स्वदेशी तथा विदेशी गरी ९ सय २० जना नागरिकको सकुसल उद्धार गरिसकेको छ । साथै मित्र राष्ट्रहरुले सेनाले गर्ने प्रत्येक उडानमा नेपाली सेनाकातर्फबाट एक सम्पर्क अधिकृत र सुरक्षाको निम्ति एक सैनिक समेत खटिने गरेको छ ।
यसैगरी विज्ञप्तीमा भनिएको छ, यसर्थ छिमेकी मित्रराष्ट्र भारतीय सेना तथा वायुसेनाको टोलीले :ल्:ऋऋ तथा सैनिक हवाई महानिदेशनालयको संयोजकत्वमा भुकम्प पीडितहरुको उद्धार तथा राहत वितरण कार्यमा
परिचालित भई महत्वपूर्ण योगदन दिइरहेको नेपाली सेना अवगत गराउन चाहन्छ । यसरी नकारात्मक टिका टिप्पणी तथा आक्षेप लगाउादा दुईदेशबीचको सुमधुर परम्परागत एवम् ऐतिहासिक सम्बन्धलाई समेत असर पार्न सक्ने हुादा त्यसतर्फ सम्वेदनशील भई दिनुहुन र केही सञ्चार माध्यममा प्रकाशित उपरोक्त सूचना तथ्यहीन र गलत भएको एवम् यस्ता संवेदनशील विषयहरुमा संयमित रही सूचना प्रवाह गर्न हुन आम सञ्चार जगत तथा समस्त पाठकवर्गहरुलाई नेपाली सेना हार्दिक अनुरोध गर्दछ ।

तपाईको प्रतिक्रिया