धरान । आसरा सुधार केन्द्र पानवारी धरानको पाचौ बार्षिकोत्सव तथा तेस्रो बार्षिक साधारण सभा भएको छ । बुधबार नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले पानसमा दिप प्रज्वलन गरी बिधिवत रुपमा समुदघाटन गर्नुभएको थियो । उहाँले केन्द्रको परिसरमा नव–निर्मित भगवती मन्दिरको समेत समुदघाटन गर्नुभएको थियो । आसरा सुधार केन्द धरान ६ पानबारीमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दैै संघकी अध्यक्ष सिंहले दुव्र्य्सनीमा फसेका युुवाहरुलाई उपचार, परामर्श तथा पुर्नस््थापना गरी पुर्नजीवन प्रदान गर्ने आसाराको कामलाई धन्यवाद दिनुपर्ने बताउनुभयो ।
धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं आसरा सुधार केन्द्र, पानवारी धरानका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले शुभकामना राखेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सञ्चालक समितीका पदाधिकारीहरु, केन्द्रका आजिवन सदस्यहरु, स्थानीय जनप्रतिनीधीहरु, सुरक्षा निकायका प्रमुखहरु तथा कर्मचारीहरु र उपचाररत सदस्यहरुको समेत सहभागिता रहेको थियो । आसरा सुधार केन्द्र पानवारीले २०७५ साल चैत्र महिनादेखि निरन्तररुपमा लागू औषध तथा मद्यपानको लतमा फसेका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी एवं अनुभवी तथा दक्ष मनोविमर्शकर्ताहरु द्वारा उपचार गराउदै आएको छ । यस केन्द्रले स्थापना हाल सम्म ८९६ जनाको उपचार गराएका थियो । त्यसध्ये ८१० जना पूर्ण रुपमा ठीक भएर घर फर्किइ सकेका छन् । सो अवसरमा प्रमुख अतिथि रहेकी सिंहले मन्दिर निर्माणमा सहयोग पु¥याउनु हुने महानुभावहरुलाई सम्मान पत्रले सम्मान गर्नुभएको थियो भने नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियारले प्रमुख अतिथि श्रीमती कुशुम लता सिंह, कोशी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सीता ज्ञवाली लगायतका अतिथिहरुलार्ई मायाको चिनो प्रदान गरिएको थियो ।
