गोरखा डिपार्टमेन्टले पहिलाकै लय समात्दै : होटल समेत राम्ररी सञ्चालन हुन थाल्यो

इटहरी । गोरखा डिपार्टमेन्ट स्टोर पुन ः व्यवसायिक दृष्टिले आफ्नै  रÏतारमा वा लयमा फर्किएको छ । यद्यपि पछिल्लो ६ महिना यता व्यवसाययिक प्रतिष्ठानहरुमा ग्राहकहरुको चहलपहल न्यून हुँदै गएको अवस्थामा विगत २४ बर्षदेखि  सेवा प्रदान गर्दै आएको गोरखामा हाल स्थानीय तथा वाह्य ग्राहकहरुको भीडभाड देखिन थालेको छ । तीनबर्ष अगाडि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड नियन्त्रणको नाममा राज्यका तर्फबाट दुई पटक ६ महिना भन्दा बढी लामो लकडाउन, राज्यको व्यवसायीप्रतिको गलत दृष्टिकोण, बैंकहरुले लकडाउनका समयमा समेत ऋण असुल्न गरेको कडाई आदिका कारण व्यापार व्यवसाय चौपट भएको थियो । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ तीन बर्ष अगाडिको अवस्थामा व्यवसायीहरुलाई फर्कन अझै केही बर्ष लाग्छ । कोरोनाको कहर त ट¥यो तर हाल आर्थिक मन्दीले गाँजेको छ । हाल व्यवसायमा कतिको सुधार भएको छ त भन्ने सवालमा प्रबन्ध निर्देशक आचार्य भन्नुहुन्छ, केही सुधार हुँदै गएको छ । बजारको स्थिति राम्रो छैन । यद्यपि अरुको तुलनामा हामीले सन्तोष गर्ने ठाउँ छ ।


यतिबेला गोरखा डिपार्टमेन्ट  स्टोरमा आउने अधिकांश ग्राहकहरु कस्ता बस्तु किनमेलमा केन्द्रित भएको पाउनु भएको छ भन्ने जिज्ञासामा अधिकांश ग्राहक ग्रोसरीमा केन्द्रित भएका देखिन्छन् । अन्य सामान  खरिदमा ग्राहकहरु धेरै कमी छन् । गोरखामा यतिबेला पहिला जसरी ग्राहकहरु आउने गरेका थिए अहिले त्यसैगरी आउन थालेका छन् । भारत पश्चिम बंगालको सिलगुढी, दार्जिलिङ्ग, सिक्किम, डिम्मापुर, मणिपुर सम्मका ग्राहकका अलवा नेपालका स्थानीयसँगै दूर दराजसम्मका ग्राहकहरु आइरहेको आचार्यले बताउनुभयो । ग्राहकहरुका के कस्ता गुनासा छन् त भन्ने सवालमा उहाँ भन्नुहुन्छ अधिकांश ग्राहकहरुले पार्किङ्गको गुनासो गर्नुभएको छ । पार्किङ्ग गर्दा समस्या भयो भन्नुहुन्छ । यसलाई कसरी व्यवस्थापन गर्नुपर्ला ? ग्राहकहरु आफ्ना कुनै न कुनै सवारी साधनमा आउनुहुन्छ । उहाँहरुलाई पार्किङ्गको व्यवस्था त हुनुपर्छ हैन र भन्ने जिज्ञासामा उहाँले भन्नुभयो अहिले यसको विकल्प नै केही देखिएको छैन । तत्काललाई धरान लाइन तर्फको डबल लेन आउजाउ गर्न दिएर बाँकी रहेको ठाउँलाई एकतर्फी पार्किङको व्यवस्था गरिदिए सबै व्यवसायी बाच्ने थिए । यसमा तपाईले कुनै पहल गर्नुभएको छैन त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो मैले भन्दा पनि यो समस्या मेरो मात्र हैन । त्यसैले मैले एक्लै प्रयास गर्ने कुरा पनि भएन । अन्य सम्बन्धित जस्तै इटहरी उद्योग वाणिज्य सघले कुनै पहल गरेको छैन ? भर्खर चुनाव भएर नयाँ पदाधिकारी आउनु भएको छ । विस्तारै उहाँहरुले नगरपालिकामा पहल गर्नुहोला । गोरखा होटल यतिबेला असाध्यै राम्रोसँग सञ्चालित भइरहेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई टार्गेट गरेर सञ्चालनमा ल्याइएको गोरखा होटलले यतिबेला आफ्ना ग्राहकहरुलाई पाँचतारे होटलको भन्दा राम्रो सेवा सुविधा दिइरहेको छ । कुनै प्रकारको स्टार लेवल नलिए पनि ग्राहकलाई दिएको सेवा सुविधाकै कारण ८० प्रतिशत भन्दा माथि पाहुनाहरु आइरहनु भएको छ । ८० प्रतिशत भन्दा माथि कोठाहरु बुक भएर पाहुना बस्नुलाई उत्कृुष्ट भनिन्छ । ५० प्रतिशत भन्दा माथिलाई राम्रा मानिन्छ । ८० प्रतिशत भन्दा माथिकालाई रकेर्ड ब्रेक भन्दा हुन्छ । गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा डेरी उद्योग समेत सञ्चालनमा ल्याएको छ । गोरखा डेरी उद्योगमा यतिबेला १५० वटा गाइ रहेका छन् । प्रत्येक दिन ९ सय लिटर दुध उत्पादन भइरहेको र त्यसलाई गोरखा डिपार्टमेन्ट
स्टोरले खपत गरिरहेको छ । स्टोर आफैले घ्यु, चिज, पनिर र मिठाइ समेत उत्पादन गर्ने गरेको छ ।  गोरखा डिपार्टमेन्ट स्टोरले उत्पादन गरेका दुध, घ्यु, दुधजन्य मिठाइहरु नेपालकै सबैभन्दा उत्कृष्ट रहेका छन् । यहाँका स्वादिष्ट मिठाइका लागि ग्राहकहरु दैनिक सैयौको संख्यामा आउने गरेका छन् । गोरखा डिपार्टमेन्ट स्टोरले गोरखा डेरी उद्योगका गाइको गोबरबाट प्रांगरिक मल समेत उत्पादन गर्ने गरेको छ । प्रोसेसिङ्ग प्याकेजको काम दुई महिना अगाडि देखि गर्दै आएको छ । काँचो गोबरलाई फर्मलटेसन  गरेर गोबरबाट उत्पादन हुने मल सुक्न केही समय लाग्ने भएकोले पनि दैनिक माग पूरा गर्न गाह«ो भएको प्रबन्ध निर्देशक आचार्य बताउनुहुन्छ । दैनिक ५–७ सय बोरा मल उत्पादन भएको र गमला, करेसा खेति गर्नेहरुले नै खरिद गर्ने गरेका छन् । यस भन्दा अगाडि  तराईका विभिन्न जिल्लाका अलावा धनकुटा, तेह्रथुम, पाँचथर सम्मका किसानले गोरखाको प्रांगारिक मल ठूलो परिमाणमा खरिद गर्दै आएको भएपनि स्थानीयको उच्च माग भएकोले बाह्य जिल्लामा उपलब्ध  गराउन नसकेको आचार्यले बताउनुभयो ।

किचेनको बसाइको मज्जा नै बेग्लै

पूर्वाञ्चलबासीका लागि मात्र हैन नेपालसँग सीमाना जोडिएको भारतीय नागरिकदेखि टाढा–टाढाका भारतीयहरुका लागि समेत गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै विश्वासिलो ब्राण्ड बनिसकेको छ ।
जेष्ठ ६ गतेदेखि गोरखाले आफ्नो चौथो शाखा दमकबाट सञ्चालनमा ल्याएपछि गोरखाका ग्राहकहरुले सहजता महसुस गरेका छन् । दार्जिलिङ्गबाट स–परिवार नेपाल घुम्न आएका दिपेन तामाङ्ग सोमबार झापाको दमकस्थित चौथो तलामा रहेको गोरखा किचनमा भेटिए । वातानुकुलित एसी जडान भएको किचेनमा उनी आÏना स–परिवारका साथ अनेकौ प्रकारका भेराइटीहरुको स्वाद लिइरहेका थिए । उनीमात्र हैन सिक्किमबाट आफन्त भट्र्न परिवारसहित आएका रमेश शर्मा समेत एसी र बाहिरी दृश्यको आनन्द लिँदै परिकारहरु खाँदै थिए ।
गोरखा डिपाटमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ, दमकस्थित डिपार्टमेन्ट स्टोरले छाट्रो अवधिम पूर्र्वीली ग्राहकहरुको मन जित्न सफल भएको छ । किचेनमा मात्र ग्राहकहरुको भीड हुने हैन अन्यत्र अर्थात ग्रोसरी, इलेक्ट्रोनिक्स,लत्ता कपडा, बेकरीमा समेत ग्राहकहरुको विहानैदेखि भीडभाड शुरु हुन्छ । स्टोरको चौथो शाखाको रुपमा दुई महिना अगाडि यसको शुभारम्भ हुँदा हामीले त्यति धेरै अपेक्षा गरेका थिएनौं । दुई चार महिनापछि यसले आफ्नो गति समात्ला भन्ने लागेको थियो । तर त्यस भन्दा अगावै ग्राहकहरुले असिम माया दर्शाउनु भएको छ । उहाँ भन्नुहुन्छ, यदाकदा हामीले ग्राहकलाई अब ढिलो भयो कृषि बाहिरीदिनु हुन्छ कि भनेर आग्रह समेत गर्नुपरेको छ । विहान ८ः३० बजेबाट शुरु हुने डिपार्टमेन्ट स्टेरको दैनिकी बुलुका ८ बजेसम्म चल्छ । म्यानेजर गौतम भन्नुहुन्छ, ग्राहकहरु राति ८ बजेपछि पनि त्यतिकै किनमेल र किचेनमा बस्ने गरेपछि हामीले आग्रह नै गर्नुपर्न अवस्था आउँछ ।
दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ४ लाख ५० हजार प्रकारका सामान उपलब्ध छन् । दैनिक उपभोग्य सामानदेखि लक्जरियस समानहरु समेत स्टोरमा उपलब्ध छन् । स्वदेशी तथा विदेशी ब्राण्डका समानहरु सबै एकै थलोमा पाइने भएपछि ग्राहकले आफूलाई चाहिएको सामान खोज्न चारचौरास भैतारिनु नपर्ने, हरेक बस्तुको फिक्स मूल्य भएकोले बार्गेनिङ्गको झन्झट नहुने कम्प्युटरराइज बिलिङ्ग सिस्टम, अत्यन्तै सफा आदिका कारण ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरको चौथो शाखामा आकर्षित भएको म्यानेजर गौतमको बुझाइ छ ।

गोरखा गल्लीमा पनि उस्तै भीड

गोरखा डिपार्टमेन्ट स्टोरको अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी
गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।

तपाईको प्रतिक्रिया