मौलिक संस्कृति र खानपिनले पर्यटन प्रवद्र्धन हुन्छ

धरान । नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटनको ठूलो सम्भावना भए पनि त्यो अनुरुपको विकास गर्न नसकिएको बताउनुभएको छ । उहाँले पर्यटन प्रवद्र्धनमा ठूला भाषणको खाँचो नभई साना साना कुराबाट प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।  नेपाललको मौलिक संस्कृति, परम्परा तथा खानपिनलाई विश्वसामू चिनाउन सकिए पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । मन्त्री किराँतले प्रेस सेन्टर सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधारसँगै नेपालकौ मौलिक संस्कति, परम्परा, मौलिक खानपिन लगायतका कुरालाई संरक्षण गर्दै देश विदेशमा यसको प्रचार गर्न सकेमात्र पर्यटनमा ठूलो विकास हुने बताउनुभएको हो । उहाँले गाउँघरमा पाइने विभिन्न जातजातिको मौलिक खाना, समग्र नेपालदीहरुको मौलिक खाना अहिले सहरबजारका ठूला ठूला होटलले क्यास गर्दे महंगोमा विक्री गरेको प्रसंग जोड्दै यस्ता खानेकुराको नाम परिवर्तन  गरेर मौलिकता नै हराउने प्रचलन बढेकोले नेपाली खानाको मौलिकता नै हराउन थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।


राजनीतिक प्रसंगमा मन्त्री किरातीले जनताले मिलेर शासन मत दिएकोले राष्टिूय सहमति अनुसार राष्टूपति चयन हुने बताउनुभयो । उहाँले जनताको म्यान्डट्र अनुसार नै राष्ट्रपति चयन राष्टिूय सहमतिको आधारमा हुने बताउनुभयो । धरानमा बन्न नसकेको एयरपार्टबारे सञ्चारकर्मीहरुले सोधेको् प्रश्नम उहाँले विकासको नाममा जथाभावि एयरपाट्र्र बनेर प्रयोगमै नल्याउने प्रचलन मुलुकभरि रहेको बताउनुभयो । उहाँले नेपाल अधिराज्यभरि ५५ वटा एयरपाट्र्र भए पनि धेरै एयरपाट्र्र गाइचरणका रुपमा विकासित हुँदै प्रयोगविहीन भएको् बताउनुभयो । आवश्यकता अनुसारमात्र एयरपाट्र्र बनाउनुपर्नेमा जोड दिनुभयो ।  मन्त्री किराँती आज नै धरान १६ मा जारी धरान एक्स्पोको समापन कार्यक्रममा सरिक हुनुएको छ । उहाँले एक्स्पोको अवलोकन गर्दे एक्स्पोको गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो भने आजै धरान १० चिण्डेडामा सेक्ष टूाभलिङले आयोजना गरेको सेक्ष पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा समेत सरिक हुनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया