मोरङ । मोरङको बिराटनगर–१५ बाट स्रोत नखुलेको अवैध भारतीय रुपैया सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार रहेका छन् । बुधबार राती ११ बजे इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेका दुबै जनालाई चेक जाँच गर्नेे क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख २० हजार भारतीय रुपैया बरामद गरेको हो ।
