मोरङ । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ बर्षीय बीरेन्द्र पास्वान र उनको ३४ बर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआएपछि आफन्तले खोजतलासको क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको अवस्थामा प्रहरीले बालकलाई फेला पारेको् थिो । फागुन १७ गते इलाका प्रहरी कार्यालय रङ्गेलीले गाँडको ठाउँमा उत्खनन गर्दा बालकको शब फेला परेको थियोे । प्रहरीले पासवान दम्पतिलाई पक्राउ अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
