चट्याङ लागेर एकको मृत्यु एक घाइते

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१२ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । शुक्रबार अपरान्ह ४ बजे स्थानीय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र छिमेकी नारायण भुजेलको १३ बर्षीय छोरा सरोज भुजेललाई चट्याङले लागेर घाईते भएका थिए । घाईते भएका दुबै जनालाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएको थियो ।  उपचारकै क्रममा सरोज भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया