धरान १९ द्वारा कौशी खेति सम्बन्धी तालिम सम्पन्न

धरान । बढ्दो सहरीकरणसँगै दुषित वातावरण, फोहोरमैलाको व्यवस्थापन लगायतका समस्या बढ्दै गएपछि ठूला सहरहरुमा कौशी खेति लगाउने प्रचलन बढ्दै गएको छ ।
कौशी खेति लगाउदा घरबाट निस्किने फोहोर व्यवस्थापनमात्र हैन अर्गानिक तरकारी, फलफूल उत्पादन गरेर स्वस्थ जीवनयापन गर्न सहज हुने भएकोले कौशी खेतिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले बजेट छुट्याएर आफ्ना वडामा रहेका महिलाहरुलाई तालिम दिन थालिएको छ ।


आफ्नो घरको कौसीमा, बरण्डा, छत आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरू जस्तै तरकारी, फलफूल, मसलाबाली, आदिको खेती गर्ने प्रविधिको विषषयमा धरान उपमहानगरपालिका वडा नं. १९ ले बजेट नै छुट्याएर महिला लक्षित तालिम दिएको हो । बढ्दो सहरीकरण्कसँगै खेती जग्गा मासिदै गएपछि कौशी खेती प्रभावकारी हुदै गएको छ । दुई दिने तालिम पश्चात धरान १९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बुले कोशी खेतिका भरपुर सदुपयोग गर्न तालिममा सहभागीहरुलाई अनुरोध गर्नुभएको छ । वडामा रहेका २० जना महिलाहरुलाई आर्गनिक तरकारी खेतिका अभियन्ता कृष्ण राईले तालिम दिनुभएको थियो । तालिममा सहभागी भएका महिलाहरुले आफ्नै घरमा खेर गइरहेको फोहोर वस्तुको सदुपयोग, समयको सदुपयोग हुने र अर्गानिक सागसब्जी, फलफूल खान पाइने यो विधि अत्यन्तै लाभदायिक भएकोले यसलाई व्यवहारमा उतार्ने बताएका थिए । धरान १९ हरियाली सामुदायिक भवनमा दुई दिनसम्म सञ्चालन भएको अर्गानिक खेतिकी संयोजक झुमादेवी गुरुङले तालिममा ३५ घरका महिलालाई सहभागी गराउन खोजिए पनि २० जना महिला सहभागी भएको बताउदै यो तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै खेर गरेको समय, खेर गएको फोहोरको सदुपयोग हुने बताउनुभयो । सहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हँुदैन तथा जग्गाको अभावले घर मात्र अवस्थित हुन्छ त्यस्तो घरको कौसी, छत, बरण्डा, भित्ता आदि स्थलमा पनि विभिन्न प्रकारका बालीहरू सजिलैसँग उत्पादन गरी उपभोग गर्न सकिन्छ । धरान १९ ले मात्र हैन विगतमा अन्य वडाले पनि यस्ता तालिम दिएर महिलाहरुले व्यवहारमा उतारेका प्रसस्त उदाहरण छन्, कौशी खेति शहर बजारमा प्रभावकारी बन्दै गएको छ ।
त्र

तपाईको प्रतिक्रिया