लागुऔषध सहित २ जना पक्राउ

मोरङ । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार सुनसरीको इटहरी उप–महानगरपालिका–४ मा लागुऔषध बिक्री वितरण भईरहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–१ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा लुपिजेसिक, डाइजापाम, फेनेग्रान गरी १ सय ८८ एम्पुल बरामद गरेको हो
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका–१० नागाडुब्बाका ४८ बर्षीय कृष्ण राजवंशीको घरको कोठाबाट एक ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया