धरान । हरेक अनुहारमा खुशी ल्याउने उद्दश्यले विगत चार बर्षदेखि समाजसेवामा सक्रिय होप धरानले सोमबार धरान १५ स्थित बद्रीनाथ आधारभूत विद्यालयका छात्र–छात्राहरुलाई स्कूल ड्रेस, शैक्षिक सामाग्री, जुत्तामोजा, स्कुल ब्यागसँगै विस्कुट, चक्लेट वितरण गरेको छ । विगत लामो समयदेखि बेलायत बस्दै आउनु भएकी धरान ३ की तीर्थ बस्नेतका परिवारले ७० हजार ३ सय २६ रुपैया बराबरका उपलब्ध गराइएका ती सामाग्री होप धरानको सहयोगमा विद्यालयमा अध्ययनरत ३३ जना विपन्न छात्राछात्राहरुलाई वितरण गरिएको हो ।


होप धरानका अध्यक्ष निश्चलमोहन पलिखेले दिनुभएको जानकारी अनुसार यस भन्दा अगाडि उक्त विद्यालयका ८ जना विपन्न विद्यार्थीहरुलाई स्कुल डे«स, शैक्षिक सामाग्री वितरण गर्दा पुन ः सहयोग गर्ने बचन दिएकोले पुन ः हाल ३३ जना छात्रछात्रालाई सामाग्री उपलब्ध गराइएको बताउनुभयो । विद्यालयका प्रद्यानाध्यापक देवराज लिम्बुका अनुसार विद्यालयमा विपन्न परिवारका २ सय १७ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । वि.सं. २०४४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयको अन्य स्रोत तथा चल अचल सम्पत्तिका सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो सरकारले उपलब्ध गराउने सहयोगका अलावा अन्य कुनै स्रोत छैन । सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सांसद यशोदा कायस्थले भन्नुभयो होप धरानले विगत चार बर्षदेखि विपन्न परिवारका बालबालिका, विद्यार्थीहरुलाई कुनै न कुनै माध्यमबाट सहयोग पु्¥याउँदै आएको छ । यस भन्दा अगाडि पनि धरानका दर्जन भन्दा बढी विद्यालयमा शैक्षिक सामाग्री, स्कुल ड्रेस, आर्थिक सहयोग पु¥याएको बताउनु भयो । विद्यार्थीहरुका लागि सामाग्री उपलब्ध गराउनु भएकी तिर्थ बस्नेतले आफ्नो र आफ्नो परिवारको सानो सहयोगमा अध्ययनरत विद्यार्थीहरुको ओठमा मुस्कान देख्दा आफूलाई खुशी लागेको बताउनुभयो । यस्तै ओल्ड एज होम काठमाण्डौकी सञ्चालक सीता बस्नेतले कार्यक्रममाथि प्रकाश पार्दै होप धरानको सक्रियताले आफू प्रभावित भएको बताउनुभयो । होप धरानका अध्यक्ष निश्चल मोहन पलिखेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष पूर्ण स्वेदी, वडा नं. १५ का अध्यक्ष नरेश इवाराम लगायतले समेत होप धरानले शैक्षिक सामाग्री वितरण गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी प्रमुख नवराज मल्ल लगायतलाई मायाँको चिनो प्रदान गरिएको थियो भने सञ्चालन रेजिना लामिछानेले गर्नुभएको थियो ।
