मोटरसाइकल चोर्ने दुई जना पक्राउ

धरान। सुनसरीको इटहरी उप–महानगरपालिका–२मा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी–२ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका–१ का सौगात थापा रहेका छन । उनीहरुले गत माघ २५ गते इटहरी –२ का बिक्रम खडकाको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल्डर मोटरसाईकल पार्किङ गरी राखेको स्थानबाट चोरी गरेका थिए । खोज तलासमा प्रहरीले दुबै जनालाई बिराटनगर–११ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलामा प्रहरी कार्यालय इटहरब्ीले जनाएको छ ।

तपाईको प्रतिक्रिया