घण्टाघरबाट हेर्दा

कन्दनी खुस्केला जस्तो छ
सत्ता बिना बाँच्नै नसक्ने नेप्लिज थाँग्रेस यतिबेला रयाल चुहाएर कन्दनी कसेर राष्ट्रपतिका लागि दौडिएको छ । ¥याले काजीले आफ्ना दूतहरु विहान बेलुका वाल्वाटारमा खातिरदारी गर्न पठाएका पठाई छन् । कहिले आफै सुटुक्क पुग्छन् । विहान बेलुकै खातिरदारी पाएसी’ बाल्वाटारे बाजे पग्लिएका छन् रे । जता मादल बज्यो त्यतै गएर नाँच्ने बानी परेका बाल्वाटारे बाजे एउटासँग विवाह गरेर अर्कोसँग हनीमुन मनाउने खालका परे । विचरा गुहु र गोबर छुट्याउनै सक्दैनन् । उनको नाकै त्यस्तै छ दुवैको गन्ध उस्तै उस्तै लाग्छ । विचरालाई त्यही भएर झालेमालेसँग गरेको सम्झौता बिर्सेर ¥याले काजीतिर लसपस गर्न थाल्या हुन् । ¥याले काजी पनि आफूले फालेको पासा सफल भएकोमा मख पर्दैै गा’छन् । कमनिष्ठा भएकाहरुको कहिल्यै विश्वास नगर्नु भनेर अग्रजहरुले भनेको थाँग्रेसका हरिलठ्ठकहरुलाई कस्ले सुझाइदिने ? राष्ट्रपतिको दौडमा होमिन लाग्या थाँग्रेसको कन्दनी चुँडिएर फ्वात्त लगौटी भुइँमा झरेपछि बल्ल होस खुल्ला जस्तो छ ।
सुजोको दोहोरो नागरिकता


झापातिरको तारा बराललाई मान्नैपर्छ । गिर्जाउ पुत्री सुजो आच्या सुजता जोष्ठको दोहोरो नागरिकता भएको पत्तो लगाएरै छाडिछन् । आखिरी झापाली बराल न परिन् । सर्वोच्च अदालतका वकिलहरुलाई जुत्ताको झट्टी हान्ने पो हुन त गाँठे । जाबो सुजोको दोहोरो नागरिकता भएको पत्ता लगाउन उनलाई आइतबार पर्खनै पर्दैन । सुजोको नेपाली नागरिकता र जर्मनको नागरिकता छ भन्ने कुराको पहिलादेखि नै गाइँगुइँ चल्दै आएको हो । तर जिर्गाउ पुत्री र काँग्रेसकी जमिन्दार न परिन । कसले थुतुनो खोलेर विरोध गर्ने ? कोही माइकालालले बोल्ने हिम्मतै गरेनन् । ढिलो भयो छोरै भयो भनेझै बराललले सुजोको नागरिकता छानविन गर्न माग गरेपछि अरु दोहोरोवालाहरुको मुटुको धड्कन बढ्या छ ।
सर्पनाथको दक्षिण यात्रा
बिना ढेउवा बिना भिषावाला माकुन्याउको झिनो मसिनोवाला पार्टीका बरिष्ठ नेता झल्लाझलु माने सर्पनाथ यतिबेला दक्षिणको यात्रामा निस्केका छन् । सर्पनाथको यात्राको मकसदचाहिँ दक्षिणका देवी देवताहरुको आर्शीवाद थाप्न सके पाँच बर्षका लागि शितल निवास छिर्न पाइन्थ्यो । तर दक्षिणतिरका देवी देवताले तिनको खप्पराँ हात राख्लान् जस्तो साह«ै छैन । बिचरा कहिले म राष्ट्रपति बन्छु भनेर बर्बराउँछन् । तिनको बर्बराहटले बिना ढेउवावाला माकुनेको मात्र होइन अरुका कान समेत बिझाउन थालेका छन् ।
दुई वटा नाउमा खुट्टा
पर्धानमन्तरी प्रचण्डाउ साह«ै बाठा छन् । हुन त कागले धेरै बाठो भएरै नरक खाको भन्छन् । अब हेरम न राष्ट्रपतिको निर्वाचनमा प्रचण्डाउले थाँग्रेसलाई सघाउने बचन द्याछन् रे । त्यही थाँग्रेसले नपत्याएसी बालकोट बार्दलीमा पुगेसी पर्धानमन्तरी भा’थे । फेरि थाँग्रेसको पछि लागेर सिद्धिने भए । हुन त विचराको दोषचाहिँ कहाँ छ र ? जहिल्यै दुईवटा नाउँमा खुट्टा राख्ने उबेला देखिको बानी नै हो । त्यसैले त पटक पटक चिप्लन्छन् । दुईवटा खुट्टा एउटै नाउमा राखे पो ब्यालेन्स मिलेर गन्तव्यमा पुगिन्छ त ? दुईवटा खुट्टा दुई वटा नाउँमा राखेसी बीचैमा चिलिम हुन्छ । कहिले एउटाको गुँडमा गएर अण्डा पारेको छ कहिले अर्कोको गुँडमा गएर ओथारो बस्या छ । दुई वटा नाउँमा खुट्टा  राख्दा बीचैमा नाउँ पल्टन्छ भन्ने कुरा तिन्लाई कस्ले सम्झाइदिने ?
जतासुकै लुटैलुट
संसार लुटेको अग्रेजले त लुट्न नसकेको हाम्रो देश आखिरी हामीले नै मत दिएर पठाएका हात्तीछाप पड्काउनेहरुले अक्टोपस जस्तै लुटेका लुट्यै छन् । मत दिएका वडाध्यक्षहरुदेखि नगर, प्रदेश र संघमा लुट्ने होड चल्या छ । हिन्दी फिल्ममा नाना पाटेकरले एउटा डाइलग बोल्या थिए सुभह घरसे निकलो भिडका एक हिस्सा बनो सामको दारु पिओ और बच्चा पैदा करे । क्या गज्ज्ब डाइलग । वडाध्यक्षहरुले संकलित राजस्व जम्मा गर्नुपर्दैन । मिटर ब्याजमा लगायो मस्ती मा¥यो । नगर प्रमुखहरुले जनताको काम गर्नु पर्दैन । उद्घाटन, समुद्घाटनमा गएर बाह« सत्ताइस गुड्डी हाँके पुग्यो । प्रदेशका सांसद र मन्त्रीहरुलाई भुत्लोभाङ्ग मतलब छैन । संघको त कुरुै छाडौ तिनले त अलकत्र बाहेक सबै कुरा चपाउने क्षमता राख्दछ । चुनाउका बेला लाखौ खर्च गरेर किन लड्दा रा’न भन्या त आखिरी धन्दो त सबैको एउटै रै’छ । कि कसो हौ ?
मिल्दै मिल्दैन थ्यो रे
नेप्लिज थाँग्रेसका नेता शेखराउ पनि कहिलेकाहीँ गज्जबको गफ हान्दिन्छन् । हुन त विचराले उही गफ हान्दिने त हो । यसो बेला मौकामा छ्यासछ्यास गफ हान्दिन्छन् शेखराउ । अब हेरम न अस्तिका दिन शेखराउले लगन विनाको पोतो जस्तै गफ हान्देछन् । बात के हो भने सरकारले यस पटक जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दियो । शेखराउले छ्यास्स
हान्दिइहाले सरकारले सविधानले नचिनेको दिनलाई सार्वजनिक विदा दियो । सविधानले जनयुद्ध गरेकै  थिएन । जनयुद्ध गर्नेले सरकार चलाएसी सिदिगो नि । अझ अब त आगामी दिनमा नेपालमा क्यालेन्डरमै विदा दिन निर्नय समेत गरिसक्या छ । अन्धेर नगरी चौपट राजा । बरु शेखराउले चुपचाप लाग्दै वेश ।
आफै महादेव उत्तानोटाङ
अहिले मुलुकमा राष्ट्रपिित चुनावको सिजन लाग्या छ । विगतमा पनि सिजन लाग्थ्यो तर यत्तिको जोडदार ढंगले भने लाग्दैन थियो । यस पटक अपानवायु छाड्न नसक्ने, १७ पटकसम्म पछारिएका, अण्डकोषको उपचार राज्यकोषबाट गर्ने, आफ्नै क्षेत्रका मतदाताले नपत्याउनेहरु लुखुर लुखुर दलका नेताहरुको घर दैलो गर्न थाल्या छन् । थाँग्रेसले प्रचण्डाउको बुइँ चढेर राष्ट्रपति फुत्काउने अभियान चलाएसी रामचन्द्रे बाजेको दौडधूप बाक्लिएको छ । अस्तिका दिन राजपाका नेता उपेन्दरलाई सघाउनु प¥यो भनेर बिहानै पुगेछन् । उपिन्दरले नि उपराष्ट्रपति दिने भए सघाम्ला भन्देछन् । त्यसपछि त बाजे बेपत्ता । आफै त महादेव उत्तानो टाङ्ग कस्ले देला बर भन्या यही हो ।
अन्तेमा
निर्वाचनमा उठेर निर्वाचन आयोगमा खर्च विवरण नबुझाउने गुइँठे उमेद्वारहरुले यतिबेला ठूलो राहत पाएका छन् । निर्वाचन आयोगले गुइँठे उमेद्वारहरुलाई लाखौ रुपैया तिर्न पत्रचार गरेको थियो । आयोगको पत्राचारसँगै तिनको होस हवास ठेगानमा थिएन । धन्न काठमाण्डौका मेयरले सर्वोच्चमा मुद्दा हाल्देछन्, सर्वोच्चले नलिन अन्तरिम आदेश दिएछ । त्यसपछि राष्ट्रपतिले सबैको मिनाहा गर्दिछन् । अब भने गुइँठेहरु आरामसँग सुत्ने भए ।

तपाईको प्रतिक्रिया