बीपीमा बनियाँगिरी अस्पताल निर्देशक

धरान । प्रदेश नं. १ मात्र नभएर अन्तर्राष्टिूय जगतमै ख्याति आर्जन गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बनियाँ गिरी अस्पताल निर्देशक डा. जगत नारायणको कमाउ धन्दाले विरामी र तिनका कुरुवाले थप दुःख पाउने भएका छन् भने अर्कातर्फ करोडौ भ्रष्टाचार हुने गरेको बर्षौदेखि कार्यरत प्राध्यापकहरुले बताएका छन् । गत हप्ता अनियमितता र नक्कली उपाधिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो गोरस धन्दा सञ्चालन गर्नकै लागि एसोसिएसट् प्रोफेसर डा. जगत नारायणलाई अस्पताल निर्देशकमा नियुक्ति गरेका थिए ।


अस्पताल निर्देशक डा. नारायणले माघ १५ गते इमरजेन्सीका विरामी र तिनका कुरुवाहरुको हित विपरीत एक सूचना प्रकशित गर्न पुगेका छन् । नेपालका अन्य कुनै शिक्षक संस्था, अस्पालहरु, नर्सिङ्ग होमहरुले समेत विरामीका कुरुवाहरुलाई धरौटी रकम राखेर हेरचाह गर्ने प्रावधान गरेका छैनन् । तर अस्पताल निर्देशक डा. नारायण त्यस प्रकारको सूचना प्रकाशित गर्न पुगेका छन् । उनले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, प्रतिष्ठानको इमरजेन्सीमा विरामीहरुसँग आउने कुरुवाहरुको इमरजेन्सीभित्र भीडभाड हुँदा इमरजेन्सी जस्तो संवेदनशिल स्थानमा गुणस्तरीय एवम् प्रभावकारी सेवा प्रवाहमा असर हुने हुँदा माघ १५ गतेदखि लागू हुने गरी कुरुवा पास लिएका कुरुवाहरुलाई मात्र इमरजेन्सीभित्र प्रवेश गर्न दिइने छ । उक्त कुरुवा पास विरामीको नाम दर्ता गराउँदा रु ५ सय धरौटी वापत रकम जम्मा गरी एक जना विरामीको लागि एकजना मात्र कुरुवा उपलब्ध हुने छ र विरामी डिजार्च वा वार्डमा ट्रान्सफर भएपश्चात जारी भएको कार्ड नं. को कुरुवा पास फिर्ता भएमा उक्त धरौटी रकम फिर्ता हुने जनाइएको छ । यसै सम्बन्धमा अस्पताल निर्देशक नारायणसँग सम्पर्क राख्दा प्रवक्तासँग बुझ्न जवाफ दिए ।आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक प्राध्यापकले भने धरानका मानिसहरुलाई वास्तै छैन । खाली
राजनीति गर्दैमा ठिक्क छ । बीपीमा डरलाग्दो बनियाँगिरी चलेको छ । इमरजेन्सीमा जुन सूचना प्रकाशित गरेका छन्, त्यो त एउटा पिकअफ द आइस वर्गमात्र हो । यहाँ विरामीहरुलाई नर्सिङ होमको भन्दा बढी लुट्ने गरिएको छ । विरामीहरुलाई एउटा सरकारी अस्पताले यो हदसम्म लुट्ने होइन । चार्ज कुनैपनि नर्सिङ होमको भन्दा कम छैन । यसैगरी अस्पताल निर्देशक डा. नारायणको भ्रष्टाचार सम्बन्धि निकायले छानबिन नगरेकोमा अर्का प्राध्यापकले आश्चर्य व्यक्त गरे । उनले भने अस्पताल निर्देशक डा. नारायण बरियता क्रममा अन्य एक सय जना भन्दा कनिष्ट हुन्् । उनी एसोएिसट्स प्रोफेसर मात्र हुन् । डा. ज्ञानेन्द्र गिरी प्रतिष्ठानको उपकुलपति भएर आएपछि कोभिड अस्पतालमा जे जति सामान खरिद गरियो त्यसबाट रकम खान डा. नारायण भिसीको नजिक भए । आज अस्पतालको फार्मेसी नचल्नुको कारण डा. नारायणकै सिण्डिकेटले काम गरेको छ । जथाभावि गर्ने, सामान आफै किन्ने गरेका छन् । कोभिडदेखि हालसम्म औषधि खरिदमा मात्र लाखौ घोटाला भएको छ । भर्खरैमात्र आइसियु, भेन्टिलेटर १० करोडमा किनिएको छ । जसबाट दुई करोड निलम्बित भिसी डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. नारायणले भागबण्डा गरेका छन् । एक महिना अगाडिमात्र उक्त मेसिनको भुक्तानी भएको छ । उनले भने डा. गिरीलाई ३ करोड बुझाएर डा. नारायण अस्पताल निर्देशक भएका हुन् । अर्का प्राध्यापकले भने प्रतिष्ठानमा सबैजसो प्राय ः खरिद बिक्रीबाटै्र नियुक्ति हुन्छन् । उपकुलपति गिरीले अस्पताल निर्देशक नियुक्तिमा राम्रै व्यापार गरेका हुन् । उनले प्रतिष्ठानमा आफ्नो पैसाबाट मोवाइलको सिम समेत खरिद गरेनन् । घरबाट निस्केपछि घर नपुग्दासम्म एमआरको पैसा चलाए । एमआरले नै गाडी दियो । एमआरले जीवनभरि खुवाएका मान्छे हुन् । बाहिरको खाना खाने बानी परेपछि घरको खानामा त्यति रुचि हुँदैन । कस्ले छानबिन गर्ने ? डा. गिरीले अस्पताल निर्देशकमा डा.
नारायणलाई नियुक्ति गर्दा लिएको पैसाले काठमाण्डौमा अर्को घर समेत खरिद गरेका छन् । उनले भने प्रतिष्ठानमा जो पदाधिकारी आए पनि प्रतिष्ठान बनाउन होइन व्यापार गर्न आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया