करोडौको भवन बनिसक्यो तर मालपोत सर्न सकेन

धरान । आफ्नै भवन हुदाहुदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुदै आइरहेका छन । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक बर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालय धरानमा समेत भाडाबाट सञ्चालनमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक बर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन ।


धरान ६ पानबारीका स्थानीयहरुले एक बर्ष अगाडि भवन निर्माण सम्पनन हँदा पनि कार्यालय सर्न नसकेको गुनासो पोख्दै आएका छन् । मालपोत र नापी कार्यालयकै कारण व्यापारिक चहलपहल बढेको धरान १६ मा त्यहाँका स्थानीयमात्र हैन केही राजनीतिक दलहरुले समेत सार्न नदिने बताउदै आएका छन् । केही समय अगाडि संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरीले मलपोत र नापी कार्यालय सार्न नहुने भन्दै ज्ञापनपत्र बुझायो । मालपोत कार्यालयका तत्कालीन प्रमुख भीमप्रसाद गौतम तथा नापी कार्यालयका तात्कालीन प्रमुख कृष्णप्रसाद न्यौपानेले सो क्षेत्रमा एक(एक कट्ठा जमिन लाभ लिएको आरोप मञ्चको छ र्। मालपोत र नापी कार्यालयलाई साविककै ठाउँमा राख्नुपर्ने माग राख्दै गर्दा भवन निर्माण स्थल धरान ६ पानाबारी बासीले भने वेकारमा भाडा तिरेर मालपोत र नापी कार्यालय सञ्चालन गर्नुभन्दा आफ्नै भवनमा सञ्चालन गर्नुपर्ने बताउदै आएका छन् । मालपोत र नापी कार्यालयलाई साविककै ठाउँमा राख्नुपर्ने अडान एक थरिले राखिराख्दा पानबारीबासी भने आफ्नै भवनमा कार्यालय कसरी स्थानन्तरण गर्ने भन्ने विषयमा छलफलम जुटिरहेका छन् । धरान ६ का वडाध्यक्ष भुपेन्द्र  भट्टराईले मालपोतको कार्यालय बनिसकेको र नापीको भवन बन्न केही समय लागे पनि नापीलाई स्थानीयबासीले भवन बनिनसकुञ्जेलको लागि भवन उपलब्ध गराएको विषयमा कार्यालय प्रमुखलाई बारम्बार बताउँदा समेत बनिसकेको भवनमा कार्यालय स्तान्तरण नभएको बताउनुभयो । हुन त मालपोत र नापी कार्यालयमा बढी सेवाग्राहीको चहलपहल हुने भएको पनि त्यस स्थानको व्यापारिक कारोबार ह्वात्तै बढ्ने गरेको छ । धरान १६ बाट मालपोत र नापी कार्यालय सरेको खण्डमा त्यो ठाउँ सुक्ने भयले पनि एक थरिले सार्न नदिने प्रपञ्च रचेका हुन् । तर आफ्नै भवन निर्माण भइसक्दा पनि नसर्दा पानबारीबासी भने आश्चर्यमा परेका छन् ।
स्थानीय कृष्ण गौतमले मालपोत र नापी कार्यालय गाउँमै आए गाउँको समेत विकास हुने देखेर जग्गा उपलब्ध गराएको बताउदै अहिले भवन निर्माण एक बर्ष अगाडि नै भइसक्दा यी दुवै कार्यालय सर्न नसकेको बताउनुभयो । एकथरिले भने भवन निर्माण भइसक्दा पनि भाडा तिरेरै बसिरहनु उचित नभएको भन्दै नेपाल सरकारको पैसा त्यतिकै दुरुपयोग भइरहेको बताएका छन् । स्थानीयबासीले सम्बन्धित निकायमा पुगेर यस सम्बन्धी ध्यानाकर्षण गराउने गरेको बताएका छन् । भवन बनिसक्दा पनि कार्यालय नसर्नुमा राजनीतिक चलखेल भएको खेलखाले सर्वसाधारणको बुझाई छ । स्थानीय कृष्णकुमार राई यो र त्यो बहानाले मालपोत र नापी कार्यालय नसर्नुमा पूर्ण रुपम राजनीतिक हस्तक्षेप भएको बताउनुहुन्छ । यता मालपोत कार्यालयका कार्यालय प्रमुख चन्द्रप्रसाद मिश्रले आफू यस कार्यालयमा आएर कार्यभार सम्हालेको चार महिना भएको बताउनुभयो । उहाँले आउनेवित्तिकै त्यहाँ निर्माण भएको कार्यालयहरुको निरीक्षण गरेको बताउदै सर्नुपर्छ भन्ने मान्यता आफूको भएको बताउनुभयो । उहाँले उहाँले नापी र मालपोतको कार्यालय निर्माणम १० करोड खर्च भइसकेको बताउँदै अहिले आएर कार्यालय सर्नु हुँदैन भन्ने कुरा जायज नभएको बताउनुभयो । धरान–६ को पानबारी पुग्नका लागि जङ्गल पार गर्नुपर्ने तर्क सार्न नदिनेले राखेका छन् । खासगरि संघीय लिम्बुवान राष्टिूय मञ्चले करिब दुई किलोमिटर दूरी भित्र जङ्गल पर्ने आवातजावतका हिसाबले केही जोखिमपूर्ण रहेकोले सुरक्षाको हिसाबले समेत जोखिम रहेको तर्क राख्दै आउँदा बानबारीका स्थानीयहरुले भने बनिसकेको भवनमा सार्दा बार्षिक कारोडौ रुपमा भाडावावत जोखिने र पानबारीमा चहलपहल बढ्ने तर्क राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया