धरान । सुरक्षित अप्रवासन परियो्जना (सामी) ले वैदेशिक रोजगारीमा जानेहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम अगाडि सारेको छ । स्वीजरल्याण्ड सरकारको कार्यक्रम अन्तर्गत यो कार्यक्रम नेपालका १५६ स्थानीय तहमा कार्यक्रम अगाडि बढाएको छ । सुनसरी जिल्लाको हकमा भने धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्रा गाउँपालिकामा सामीको कार्यक्रम सञ्चालनमा रहेको छ ।
गत पौष ३ गते सामीको आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा २२ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको तस्विर ।
सोही कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकामा समेत यो कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत सामीले ५ वटा क्षेत्रका काम गर्ने गरेको सुरक्षित अप्रावासन परियोजनाका जिल्ला संयोजक धिराज भट्राई बताउनुहुन्छ । खास गरेर यसले विदेश जानेहरुका लागि सूचनाको पहुच पु¥याउने, मनोसामाजिक परामर्श प्रदान गर्ने, जस अन्तर्गत विदेशम रहेर दुःख पाएका, मृत्यु भएकाहरुको घरघरमा गएर मनोपमर्शादार्ताहरुले ४८ जनालाई परामर्श दिएको बताउँदै न्यायमा पहुँच कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारमा गएकाहरु समस्यामा परे, ठगीमा परे, मृत्यु भएमा न्यायमा पहुँच पुहुच पु¥याउने र मृत्यु भएको खण्डमा नेपालसम्म शव ल्याइदिने, उनीहरुलाई परेको समस्यामा कानूनी परामर्श गरिदिने त्यस्ता काम सामीले गर्ने भट्टराई बताउनुहुन्छ । उहाँले नेपाली युवाहरु उमेर पुग्ने वित्तिकै वैदेशिक रोजगारीमा जाने तर धेरै जसो ठगिने गरेको पाइएको बताउँदै नेपाल सरकारल वैदेशिक रोजगारीमा लाने एजेण्डलाई नेपाल सरकारले प्रतिबन्ध लगाए पनि त्यो नरोकिएको बताउदै आधिकारिक मेनपावरले मात्र वैदेशिक रोजगारमा लान पाउने भएकोले वैदेशिक रोजगारीमा लैजान्छु भन्दै आएको व्यक्तिलाई प्रहरी प्रशासनलाई खबर गरेर पक्राउ गर्न पनि सर्वसाधारणलाई उहाँले अनुरोध गर्नुभयो । उहाँले नेपाली युवाहरु केही नबुझी हतारमा निर्णय गर्दा धेरै ठगिएको पाइएको बताउनुभयो । धरान उपमहानगरपालिकाको सभाहलमा धरानका २० वटै वडाध्यक्ष सम्मिलित कार्यक्रममा वडाहरुले समेत यस्ता कार्यका विरुद्ध सचेतना कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सामीको कार्यालय जिल्ला प्रशासन कार्यालय सुनसरी नजिकै रहेको छ । लक्षित जिल्लामा गएर स्थानीय तहका प्रतिनिधिसम्म छलफल गर्ने देखि लिएर जिल्ला प्रशासन कार्यालय सुनसरीमा राहदानी बनाउन आउनेहरुलाई त्यहाँका कर्मचारीहरुले सामीमा गएर सूचना लिएर आउनु भनेर भनेर पठाइने गरेको छ । सामीको उद्देश्य नै वैदेशिक रोजागरीमा जानेले दुःख नपाउन, नठगिउन, बुझेरमात्र रोजगारीमा जाउन, मान्यता प्राप्त संस्थाबाट मात्र वैदेशिक रोजगारमा जाउन भनेर जनचेतना फैल्याउने काम गरेको छ । स्थानीय तहसँग मिलेर गरेको कामले सार्थकता पाउनेमा जनप्रतिनिधि,
सरोकारवाला पक्ष समेत विश्सस्त देखिएका छन् ।

