धरान । अहिले देशभर चिसो अत्याधिक बढेको छ । चिसोका कारण बृद्धबृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । तराई तथा पहाडी क्षेत्रमा अत्याधिक बढेको चिसोका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने गरेको पाइएको छ ।

अत्याधिक बढेको चीसोको कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका उपचारका लागि आउने गरेको पाइएको छ । प्रतिष्ठानको उपचारमा आएका बच्चाहरु ऋधिकांश चीसोको कारण आउने गरेको पाइएको हो । चिसोका कारण बच्चामा श्वासप्रश्वास बढ्ने, ज्वरो आउने, झाडा पखााला लाग्ने, बमिट हुने लगायतका समस्या लिएर आउने गरेको प्रतिष्ठानका बच्चावार्डका चिकित्सकहरुले बताएका छन् । इटहरी १७ का तीर्थराज श्रेष्ठले आफ्नो बच्चा चीसोको कारण विरामी भएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउनुभयो । बच्चालाइृ अत्याधिक खोकी लागेपछि पहिलो पटक उपचारमा ल्याइसक्नु भएका उहाँले केही ठिक भएपनि चिकित्सकको सल्लाह अनुसार चिसोबाट बचाउने उपाय नपनाउँदा पुन ः शुक्रबार ओपिडीमा ल्याउनुभयो । अत्याधिक खोकी लागेर एक पटक उपचार गरिसकेको बच्चालाई पुन ः त्यही समस्या भएपछि ओपिडीमा चेकजाँचका लागि ल्याएको श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठमात्र हैन धरान १५ पिण्डेश्वर चौककी सरिन लिम्बुले आफ्नो बच्चालाइ अत्याधिक खोकी र ज्वरो आएपछि बच्चाको आकस्मिक वार्ड पेडियोटिूक वार्डमा ल्याएर उपचार गराउनुभयो । उपचारपश्चात केही सञ्चो भएपछि पुन ः घर लिएर जानुभयो तर शुक्रबार अकमात बमिट भएपछि पुन ः उहाँले बच्चालाई ओपिडी वार्डमा लिएर जानुभयो । चिकित्सकले उपचारपश्चात केही औषधि र चिसोबाट बचाउन सल्लाह दिएको लिम्बु बताउनुहुन्छ । श्रेष्ठ र लिम्बुमात्र हैन अहिले बच्चाहरु चिसोका कारण विरामी पर्न थालेपछि बच्चा वार्डमा अभिभावहरुले बच्चा लिएर उपचार गराउन पुग्ने गरेका छन् । पछिल्लो समय अत्याधिक बढेको चीसोको कारण एकपटक उपचार गराएर गएपनि पुन ः त्यही समस्या आउने गरेको उनीहरु बताउँछन् । प्रतिष्ठानमा आएका विरामी बच्चामध्ये अधिकांश चिसोका कारण आउने गरेको बीपी प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंह बताउनुहुन्छ । उहाँले चिसोका कारण बच्चाहरुमा श्वासप्रश्वास बढ्ने, निमोनिया, चिसोका कारण नाक बन्द हुने, टाइफाइट लगायत डेंगु समेतका बच्चाहरु उपचारमा आएको बताउनुभयो । उहाँले बच्चालाई पौष्टिक आहारविहारसँगै आमाको दूध प्रसस्त दिन सके सानातिना रोगको संक्रमणले बच्चालाई नछोड्ने बताउनुभयो । उहाले बच्चालाई न्यानो पारेर घरभित्र नै राख्ने गरे बच्चालाई चिसोबाट बचाउन सकिने उहाँले बताउनुभयो । प्रतिष्ठानमा उपचारमा आएका बच्चामध्ये दैनिक ५ देखि ७ जना चिसोका कारण विरामी परेकाहरु एपचारका लागि आउने गरेको डा. सिंहको भनाई छ । चिसो मौसमका समयमा बच्चालाई पौष्टिक आहारविहारसँगै चिसोबाट जोगाउन अभिभावहरुलाई सल्लाह समेत दिनुभएको छ ।
