तीनदिने धरान डे बुधबार (आज) बाट

धरान । धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा तीन दिने धरान उत्सव मनाइने भएको छ । उपमहानगरपालिकाले धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उपमहानगरपालिकाको स्थापना दिवसको अवसर पारेर पुष २०, २१ र २२ गते विविध कार्यक्रम गर्दै तीन दिन उत्सवन मनाउने भएको हो । उत्सव धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा आयोजना हुने मेयर हर्क साम्पाङले जानकारी दिनुभयो । धरानको जन्मोत्सव भएकोले चाडपर्वकोरुपमा मनाउनको लागि सबैसँग आह्वान गर्दै उत्सवका अवसरमा धरानको साँस्कृति, स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने अवसर पनि भएको बताउनुभयोे ।


तीन दिने उत्सवको पहिलो दिन बिहान ११ बजे साँस्कृतिक झाँकीसहित र्याली निकालिनेछ भने दिउँसो १ बजेदेखि ३ बजेसम्म उदाटन समारोह हुनेछ । उद्घाटन समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिने आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले जानकारी दिनुभयो । यसपटक नेपालको लोकसंस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले लोकदोहोरीको समेत आयोजन गरिने भएको छ । लोकदोहरीको सयोजक १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । लोकसंस्कृतिलाई बचाउनकै लागि महोत्सवभरि नै लोकदोहोरी कार्यक्रम राखिएको संयोजक भट्टराईले जानकारी दिनुभयो । महोत्सवको अवधिभरिसेवक अभियानको संयोजनमा वृहत सरसफाई , सुनसरी सवृद्धिका लागि समन्वय र प्रयास बिषयक जिल्लाभरिका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुबीच छलफल, विद्यालय स्तरीयनिवधन प्रतियोििगता लगायतका कार्यक्रम हुनेछन् ।

तपाईको प्रतिक्रिया