धरान । गल्फ खेलको विकासमा पछिल्लो समय गल्फ खेलाडी, गल्फसँग आवद्ध संस्थाहरु लागि परेको छन । धरानको पूर्वकै गल्फ खेल्ने स्थानको रुपमा धरानस्थितविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेका निर्वाणा गल्फ रिसोर्ट रहेको छ । यहाँ ठूला तथा साना गल्फ प्रतियोगिता भइ नै रहन्छ । भर्खरैमात्र यस मैदानमा सूर्य गल्फ प्रतियोगिता सम्पन्नभएको छ । अब फेरि राष्ट्रिय स्तरको गल्फ प्रतियोगिताको आयोजनागर्ने भएको छ । सूर्य गल्फ प्रतियोगिताको लगतै पुनः निर्वाणमा राष्ट्रिय स्तरको गल्फ प्रतियोगिताको आयोजनाहुने भएको छ । खुकुरी रमले प्रायोजनमा २ दिने खुकुरी एमेच्योर गल्फ प्रतियोगिता आयोजना हुने भएको हो । धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ र ७ अर्थात पौष २२ र २३ गते प्रतियोगिता आयोजना हुने भएको हो । यो प्रतियोगितालाई निरन्तता दिने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरको गल्फप्रतियोगिता धरानमा गर्न लागिएको धरानका व्यवसायिक खेलाडी सविन सापकोटाले जानकारी दिनुभयो ।

एमेच्योर प्रतियोगिताप्रायः एक दिवसिय मात्र हुने गरे पनि यो प्रतियोगिता भने २ दिन हुन लागेको सापकोटाले जानकारी दिनुभयो । प्रतियोगिता टिम फर्मेटमा २ दिन ३६ होल खेल हुनेछ । पहिलो दिन १८ र दोस्रो दिन १८ होलको खेल हुनेछ । एक टिममा ४÷४ जना खेलाडी हुनेछन् । प्रतियोगितामा ३ वटा ह्याण्डीक्याप क्याटोगरी बनाइने आयोजकले जनाएको छ । पहिलो क्याटोगरीमा ० देखि ९ ह्याण्डीक्याप खेलाडी हुनेछन् भने दोस्रोमा १० देखि १८ ह्याण्डीक्याप र तेस्रोमा १९ ह्याण्डीक्यापदेखि माथिको खेलाडी हुनेछन् । प्रत्येक टिमबाट पहिलो हुने ४ जना, दोस्रो हुने ४ जना र तेस्रो हुने ४ जना क्रमशःपहिलो, दोस्रो र तेस्रो विजेता हुनेछ । प्रतियोगितामा देशभरबाट ७० भन्दा बढी खेलाडीहरु सहभागीहुने अपेक्षागरिएको आयोजक धरान गल्फ क्लबका सचिव भरत तामाङले जानकारी दिनुभयो ।
पहिलो दिन १८ होलको खेल सकिएपछि खेलाडीहरु कट आउट हुनेछन् । दोस्रो दिनमात्र ५२ जना खेलाडीहरुलाई सहभागी गराइने उहाँले बताउनुभयो । यो प्रतियोगितामा बेष्ट ग्रस, मोष्ट बर्डीज, नियरेष्ट टु दिपिन, लङ्गेष्ट डूाइभ, होल इनवान लगायत पुरस्कार पनि दिइनेछ । नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनका महासचिव दिपक आचार्यले एमेच्योर गल्फप्रतियोगितामा यो कोसेढुंगा हुने प्रतिक्रिया
दिनुभयो । खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले खेलकुदको विकासको लागि कर्पोरेटस्तरबाट लगानी गरिएको बताउनुभयो । उहाले खेलाडीहरुको प्रोत्साहन गर्नकै लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । अन्य खेलभन्दागल्फ खेल कमहुने गरेको छ । यो खेलको गतिविधिलाई चलायमान बनाउनकै लागि बर्षेनी प्रतियोगिता थपिदै गएको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्टिूय स्तरको खेलाडी उत्पादन गर्न सहयोग मिल्ने गल्फ क्लबको मुख्य उद्देश्य रहेको छ ।
