धरान । गाउले जीवन र
परिवेशमा आधारित म्यूजीक भिडियो मेरी मायातिमीबिना , मन मान्दैन किन किन बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कोसी भिजन प्रालीका प्रबन्ध निर्देशक तथा निर्देशक लाखमान योन्जनले म्युजिक भिडियो सार्वजनिक गर्दै औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।

पूर्ण लिम्बुको स्वर रमुना ठटालको स्वरमा रहेको गीतमा दुवै गायककोे अभिनय समेत रहेको छ । हेमन योन्जनले निर्देशन गरेको यो भिडियोकोपोष्ट प्रोडक्सन कोसी भिजन फिल्मस प्रालीले गरेको छ । गीतमा प्रेम कृष्ण बजगाईको शब्द सगीत रहेको छ । गीतलाई राजु कार्कीले संगीतले सजाएका छन् । म्युजिक भिडियोमा प्रदेश एकको रमणीय तथा पर्यटकीय स्थल तीनजुरे र गुफापोखरीमा छयांकन गरिएको छ । वृटिश सिनियर एरिया फेलफेयर अफिस धरानका प्रमुख क्याम्पटेन पूर्ण लिम्बुले पहाडी क्षेत्रका जनजीवन र पर्यकीय स्थलमा छयांकन गरिएकोले यसको मुख्य उद्देश्य पर्यटन प्रवद्धन रहेको बताउनुभयो । पहाडको रहनसहनलाई समेटिएर बनाइएको यो भिडियोमा पहाडमा बस्ने वास्तविक कुरालाई उजागर गरेको छ । वियोगान्त कथा रहेको यो गीतमा दुई श्रीमान श्रीमतिको कथालाई आधार बनाइएको छ । घास काट्ने क्रममा श्रीमतिको भीरबाट लडेर मृत्यु भएपछि श्रीमानको जीवनमा दुःखले झेलिएको कुरालाई गीतमा समेटिएको छ ।
म्युजिक भिडियोमा सुमन योन्जन र देवराज सिगदेलको को छायांकन रहेको छ भने मेक अपमेन महेस सिगदेल छन् । यो म्युजीक भिडियोको मुख्यपात्र पुर्ण लिम्बू बृटिस वेल्फेयर अफिस धरानका प्रमुख हुनुहुन्छ ।
