धरान । भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउने चाहाना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा १० औं खाना महोत्व सोमबारबाट सम्पन्न भएको छ ।
महोत्सव आयोजना भएसँगै भारतीय पर्यटकहरु भेडेटारमा सोचेभन्दा बढी आउन थालेका छन् । कोरोना पछि ओरालो लागेको पर्यटक व्यवसायलाई चलायमान बनाउदै बढी भन्दा बढी पर्यटक भित्र्याउन यो खाना महोत्सवको आयोजना गरिएको आयोजकको उद्देश्य छ । सोही अनुरुप भारतीय पर्यटकको आवागमनमा बृद्धि हुदै गएको पाइएको छ ।
कोरोना संक्रमण अघि जुन हिसाबले पर्यटक आउथे त्यही अवस्थामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा भारतीय पर्यटकको आगमन बढेको छ । प्रदेश नं. १ मा रहेका पर्यटकीय स्थलको सगम स्थलको रुपमा आउने भारतीय पर्यटकहरुले भेडेटारलाई लिएका छन् । धरानको विजयपुरमा रहेका मठमन्दिरको दर्शनसँगै धनकुटाको भेडेटार तथा धनकुटा आपसापसका क्षेत्र, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, संखुवासभासम्मको रमणीय यात्र तय गर्न सकिने भारतीय पर्यटकको भनाई छ । विहारबाट आएका सुमन गुप्ताले धनकुटाको भेडेटार पर्यटकको लागि आकर्षकको केन्द्र विन्दु रहेको बताए । यहाँको प्राकृतिक सुन्दरता, कुनै छलकपट नभएको, सकारात्मक सोचका धनी मान्छेहरुका कारण भेडेटारको सुन्दरतालाइ सुनमा सगन्ध थपिएिको भारतबाट आएका पर्यटकहरु बताउँछन् । सोही स्थानबाट आएकी बिन्दा साहले यहाँको सौन्दर्यसँगै यहाँका सर्वसाधारणको मिलनसार व्यवहारले आफ्नो मन छोएको बताउनुभयो ।

विशेष गरेर भारतमा आइतबार छुट्टी मिल्ने गरेकाले धेरैजसो भारतीय आइतबार आउने गरेको भेडेटार एसोसिएसनकी कावा अध्यक्ष शान्ति मादेन लिम्बुले बताउनुभयो । उहाँले दुई बर्ष कोरोना संक्रमणले व्यवसायीहरुको व्यवसायी नै धरासायी बनेको बताउदै अहिले भने विगतको भन्दा फरक तरिकाले व्यवसाय सञ्चालन गर्ने पिढीहरु आउन थालेकाले पर्यटकहरु आउन थालेको बताउनुभयो । यसले विगतको असहजतालाई चिर्दै सहजतातर्फ उन्मुख हुदै गएको बताउनुभयो । त्यसो त यहाँ आएका पर्यटकहरुले भेडेटार आसपासका आकर्षक स्थलको दृश्यावोकन गर्न पाउने भएकोले पनि पर्यटकहरु आउने गरेको साँगुरीगढी गाउँपालिकका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । आगामी दिनमा पर्यटन प्रवद्र्धनका लागि हाइकिङ ट्याक खोलेर साँगुरीगढीलाई जोड्ने र बीच बीचम होमस्टेको विकास गर्ने अवधारणा गाउँपालिकाको योजनामै पारेर काम समेत थालिसकेकोले आगामी दिनमा यसले पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउने अध्यक्ष रुम्दालीले बताउनुभयो ।
महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाकोे साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजंगको वरको रूख लगायतका ठाउँमा घुम्ने गरेका छन् । आन्तरिक तथा भारतीय पर्यटक तान्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवमा अहिले विहारका हर्दिया, पूर्णिया, कटिहार लगायतका भारतीयहरु आएका छन् । भारतीय पर्यटक आउन थालेसँगै थलिएको पर्यटन व्यवसायले पुन ः जुरुक्क उठ्नेमा व्यवसायीहरु आशावादी रहेका छन् ।
