घण्टाघरबाट हेर्दा

नेप्लिज था“ग्रेसभित्र रोइलो
नेप्लिज थाँग्रेसभित्र यतिबेला रोइलो मच्चिएको छ । नमच्यिोस पनि किन थुतुनामा आएको गाँस अर्केलै चप्काइदिएसी’ । मन्त्री बन्ने आश्वासनको र गहंगो थैली बोकेर ¥याल बहादुरलाई आँखा चिम्म गरेर ससदीय दलको नेता बनाएकाहरु त झनै भीरको चिण्डो उँधो न उँभो भएका छन् । मन्तरी खाम्ला भन्या त विचाराहरु चिप्लेटी खेल्न पुगेछन् । ¥यालबहादुरको जोई त ६ पटक पर्धानमन्तरी हुन्छस् भन्ने ज्योषिती खोज्न हातमा खरेटो लिएर घरबाट निस्क्याछिन् रे । बाल्वाटारबाट बसाई सरेसी ¥याल बहादुररको बोली झन झन भेकभके हुन थाल्या छ र े फिटिक्कै बोली बुझिदैन रे । तिनका चम्चाहरु हलिशरण महत, शंसाक लोभी, लाल्ची रामचन्द्रे, प्रकाशमान भेडा, पूर्णबहादुर लठैत, टाँटे विमलेन्द्र, ओखलडुंगे चतुर खतिवडा, पशुको अनुहार परेका एनपी सावद, टुरिष्ट ज्ञानेन्द्र, भाङ न भुत्लोका किशोरसिंह राठौर सबै प्रचण्डाउलाई सक्तो सरासप गर्दै ज्योतिषी खोज्न दौडिएका दौडियै छन् रे । विचरा ज्योतिषीलाई यतिबेला ज्यान जोगाउनै हम्मे हम्मे प¥या
छ ।
हैन के के भन्न थाले हौ
¥याल बहादुरले थला पारेका थाँग्रेसका कार्जेकर्ताहरु यतिबेला साँझमा साइलीको भट्टीमा भेला भएर नारा लगाउन थाल्या छन् । ¥याले काँग्रेस, मुर्दाबाद, नेपाली थाँग्रेस जिन्दावाद रे । हुन त विचराहरुलाई विरक्त चल्नु स्वभाविक हो । पहिला पहिला स्कच र ब्राण्डीले मुख धुएको झल्झली याद आउँदो होला । अहिले साइँलीको भट्टीमा कोदोको रस किन्न पनि हम्मेहम्मे प¥या छ । कोदोको
रस नाक मुनीको ओढारमा खन्याउनासाथ तिनीहरु एक तमासले बर्बराउन थाल्छन् । पहिला पहिला शेरबहादुर दाजु आरजु भाउजु भनेर फोटा पोस्ट्एर कन्ता ठूलो पल्टदैन थे । के गर्नु दिन बिग्रिएसी ।
राजीनामा दिन सुझाउ


त्यो नारायण काजी भन्ने माउवादीका मान्छे लास्टै गनगने  रै’छन् । हुन त बोकाको थुतुनोमा कुभिण्डो आँट्दैन भनेर त्यसै भन्या होइन । प्रचण्डाउले तिनलाई उपप्रधानसहित मन्तरी बनाए । तर ती साह«ै बैगुनी रा’न । बरियताको क्रममा आफूलाई झालेमालेका विष्णु पौड्याल भन्दा तल राखको भन्दै ठसक्क ठस्किएर बसेछन् । ठँस्किएर मन्त्रालय नि जाँदैनन् रे । अब मन्तरी भएर मन्त्रालय नै नजाने भएसी’ निकास त खोज्नै प¥यो । पर्धानमन्तनरीले नि राजीनामा दिएर घरमै अघाउन्जेल ठँस्केर बस्नु भन्देछन् । अब  लारायनकाजीले क्यार्लान ?
राष्ट्रिय मेलमिलाप दिवस
आफैँ आफै बीचमा ङ्यार्र ङुर्रर्र गर्दैै अएको थाँग्रेसले अस्तिका दिन राष्ट्रिय मेलमिलाप दिवस मनाएछ । बीपीका मन्त्र सबै पोलि खाइ सिध्याएसी फुइøयाँ खान मेलमिलाप दिवस मनाउनु ? यस पटक काँग्रेसलाई प्रचण्डाउले राष्ट्रिय बल्ड्याङ ख्वाई दिएपछि पनि थाँग्रेसको चेत खुल्या  छैन । गरिबका झोपडीमा गएर मिलमिलाप दिवस मनाउनुपर्नेमा होटलका सभाहलमा मुर्गीका अण्डा, विस्कुट, कफी खाएर मेलमिलापको बखान गरेछन् । भारु सिनेमामा एक जना पात्रलाई उसको उदण्ड स्वभाव सुधार्न आग्रह गर्दा ती उदण्ड पात्रले हम कभी नै सुध्रेगे । अगर हम सुध्रेंगे तो आदमी दि नहीरहेंगे भन्या थे । थाँग्रेस पनि कहिल्यै नुसुध्रिने भयो वा !
माकुने अब कता ?
नेपालमा लाजनीति गर्नेहरुमा सबैभन्दा विजोग र बेसहारा त माकुने या नि पुतली जुँगे माकुनेको भा’छ । विचरा काँग्रेसमा घर ज्वाई बस्या थिए । छोरी नै पोइल गएसी विचाराको हरिविजोग भा’छ जाम त कहाँ जाम नजाम त श्रीमति बिनाको घर ज्वाई भएर कतिन्जेल बस्ने ? कम्ता भुर्न हत्ते प¥या छैन । आफूसँग भएका गोडादेश भाइ पनि आफ्नो नियन्त्रणमा छैनन् । कुन बेला फुत्त फुत्त चल्दिने हुने पत्तो छैन । संसदीय दलको नेतासम्मको मान्यता संसद सचिवालयको द्या भए यसो पुतली जुँगामा ताउ लगाउँथे । त्यो पनि भएन । अब बालकोटतिर जबरजस्ती छिरे बेस । नत्र सबै कुरा
नास्ती ।
म¥या छन् कि जिउदै छन्
त्यो आङकाजी भन्ने लिडे शेर्पा हिजोआज कता मुन्टिएछन् कुन्नि ? मस्तिर गए कि तल्तिरै छन् हँ ? पौष २७ गते सरकारले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस धुमधाम मनाउने, सार्वजनिक बिदा दिने निर्णय गरिसक्यो । काजीको भने खुट खबर कतै छैन । यस अघि त पृथ्वी नारायण साहका तस्विरमा कुल्चिने, थुक्ने अभियान नै चलाउँदै आ’थे । यसपाला काजी के गर्लान् ? सरकारले गरेको निर्णयका विरुद्धमा कही कतै बोल्या पनि छैनन् । यस अघि त पृथ्वीनारायणण साहका तस्विरमा कुल्चिने, थुक्ने अभिय नै चलाउँदै आ’थे । यसपाला काजी के गर्लान् ? सरकारले गरेको निर्णयका विरुद्धमा कही कतै बोल्या पनि छैनन् । सरकारले निर्णय गरेसी’ विचाराको सातो गएछ क्यारे । नत्र यसो आफ्ना दुई चार जना हरिगोठाला लिएर सडकमा तमासा त देखाउनुपर्ने हो ।
प्रतिगमन सच्चियो
नेपालाँ अब प्रतिगमन सच्चिएको छ । अब कहिल्यै प्रतिगमन हुँदैन । खप्रओले संसद विघटन गर्दा प्रतिगमन भयो, संविधान रक्षाका लागि खप्रओलाई बालकोटको बार्दलीमा पु¥यायौ भनेर चिच्याउनेहरु कोही बालकोट पुगेका छन् कोही धुम्बारहीकोट पुगेका छन् । सत्र महिनासम्म बाल्वाटाराँ बसेर रजगज गरेकाहरुको यति छिटो यस्तो दुर्गति होला भनेर कस्ले चिताएको थियो र ? अब जोसँग पनि दलहरु आफ्नो स्वार्थका लागि सहबास गर्न फ्रि भा’छन् । प्रतिगमन सच्चिएसी’ बातै खँलास ।
अन्तेमा
अस्तिका दिन डा. सुन्दरमणि दिक्षित जोडजोडले चिच्याउँदै  थिए । बुढालाई के भएछ र त्यसरी चिच्याएका होलान् भनेर घण्टाघरबाट वाइनाकुलर सोझ्याएर हे¥या त कुरो ठीकै ग¥या रा’न । उनी भन्दै थिए काँग्रेसमा कुहेका, ¥याले दम्पत्ति, चरम हली शरणहरुलाई पाखा लगाउने उपयुक्त समय आएको छ रे । काँग्रेस सुधार्ने समय यही हो रे । ए मापाका बुढा † कुहेर दंगदग्ती भए नि बोक्ने हलिशरण भएसी’ क्या गर्ने ? पहिला हलिशरणहरुलाई कसरी भित्तामा पु¥याउने त्यो सोच्नु प¥यो नि । सुधारको मौका छ भन्दैमा हलिशरणहरलाई चड्काउनु त भएन । विचराहरुले चाकडीमा पिएचडी ग¥या छन् । त्यसको पनि कमसेकम सम्मान त गर्नै प¥यो ।

तपाईको प्रतिक्रिया