लागुऔषध सहित ६ जना पक्राउ

सुनसरी । सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । बुधबार अस्थायी प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले उनीरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धरान उप– महानगरपालिका–१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषध स्पास्पेन– २४८ ट्यावलेट र ट्रामाडोल– ३३० ट्याव्लेट सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । यसैगरि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान–५ का २६ बर्षीय अमन राई र धरान–३ का ३४ बर्षीय मन कुमार श्रेष्ठलाई ट्रामाडोल– ६०३९ ट्रयाव्लेट, स्पास्पेन– ४१४० ट्याव्लेट, डाईजेपाम– १५६ एम्पुल र नगद ६५ हजार ९ सय ४४ रुपैँया सहित नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया