कोशी अस्पतालमा नयाँ भवन थपिदै

मोरङ । विराटनगर महानगरपालिकामा रहेको सरकारी अस्पताल कोशी अस्पताल सेवाग्राहीको चापका कारण अस्तव्यस्त हुने गरेको छ । यसैलाई मध्यनगर गरी कोशीमा ५ सय शै्याको भवन बन्ने भएको हो । आठतले मेडिकल भवनको बन्ने सो भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गर्नुभएको हो । विहीबार २ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास  गरिएको हो ।


शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान  गरेकोमा ठेकेदार कम्पनी केसी कन्स्ट्रक्सन काठमाडौंले ३ लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रूपैयाँमा ठेक्का लिएको हो । ३ वर्षमा काम सक्ने गरी ठेकेदार कम्पनीले निर्माण थाल्ने संघीय आयोजना कार्यान्वयन एकाइ विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी अस्पतालको शिलान्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर सञ्चालनमा आएपछि कोशी अस्पतालमा शैøयाको संख्या १ हजार पुग्नेछ ।

तपाईको प्रतिक्रिया