अवैध सामान बरामद

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१६बाट अवैधरुपमा भन्सार छलेर ल्याएका सामग्रीहरु प्रहरीले बरामद गरेको छ । आइतबार रानी इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलेर्र ल्याउँदै गरेको अवस्थामा प्रहरीले अवैध सामान बरामद  गरेको हो । बरामद गरिएका सामानहरुमा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट

कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायत रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानको मूल्य १२ लाख ३ हजार ४ सय २० रुपैया बराबर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएको सामान प्रहरीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया