आगलागीबाट दुईजना घाइते

धनकुटा । धनकुटा नगररपालिका नगरपालिकामा आइतबार आगलागी भएको छ । नगरपालिकाको ४ नं. वडामा पर्ने देबे्रेबासमा आगलागी भएको हो । अगालागीबाट एउटा घरमा क्षति पुगेको छ भने आगो निभाउन गएका दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय लीलाबहादुर आचार्यको दुईतले घरमा बिहान १० बजे भान्सा कोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको थियो । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका हुन् । घाइतेको जिल्ला अस्पतालमा उपचार गरिएको छ । दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनामा लत्ता कपडा, अन्नपात, भाँडाबर्तनसहित ६ लाख ३० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट घरसँगै रहेको कुखुरा फार्ममा २ सय चल्लासमेत मरेको प्रहरीले जनाएको छ । आगलागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको मद्दतमा नियन्त्रण गरिएको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया