प्रदेश नं. १ को प्रदेशसभामा एमालेलाई स्पष्ट बहुमत : सरकार गठनको प्रक्रिया शुरु

धरान । मंसिर ४ गते सम्पन्न प्रदेश नं. १ प्रदेशसभाको निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको घोषित मत परिणाम अनुसार एमाले गठबन्धनले वहुमत प्राप्त गरेसँगै उसले सरकार गठनको प्रक्रिया शुरु गरेको छ । नेपालका सात प्रदेशमध्ये प्रदेश नं. १ राजनैतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गरिएको निर्वाचन परिणाममा प्रदेश न. १ मा पाँच दलीय सत्ता गठबन्धन एमाले भन्दा पछाडि परेको छ । एमालेले सरकार बनाउन आवश्यक बहुमत पु¥याएपछि सत्ता गठबन्धन दलको कसरत शून्य भएको छ ।
प्रदेश नं. १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ जना सांसद रहने व्यवस्था छ । जसमा एमाले गठबन्धनले सरकार बनाउन आवश्यक पर्ने ४७ सिट जितेको छ भने सत्ता गठबन्धनले ४६ सिट मात्र जितेको छ । सत्ता गठबन्धनलाई सरकार बनाउन एक सिट अपुग भएको छ । प्रदेश न. १ मा जम्मा १४ जिल्लाबाट एमाले एक्लैले प्रदेशसभामा २५ सिट जितेको छ भने सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले १७ सिट मात्र जित्न सफल भएको छ । यसैगरी माओवादी केन्द्रले ९ सिट, राप्रपाले २ सिट, एकीकृत समाजवादीले २ सिटमा विजय हात पारेको छ ।
प्रदेश न. १ मा रहेका १४ वटा जिल्लामा गरी कुल १८ लाख ९९ हजार १४४ मत खसेको थियो । खसेको कुल मत मध्ये एमालेले सबैैभन्दा बढी मत पाएको छ । एमालेले ६ लाख ६५ हजार ४ सय ६० मत पाएर सर्बैभन्दा बढी समानुपातिकमा सासद पाएको छ । दोस्रोमा नेपाली काँग्रेसले प्रदेशसभातर्फ मत पाएको छ । उसले ५लाख ६२ हजार ९ सय ५६ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९८ हजार ५सय ११ मत पाएको छ । प्रदेश नं. १ मा समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो ठूलो दल बन्न सफल भएको छ । यसैगरी सत्ता गठबत्धन दल माओवादी केन्द्रले १ लाख ८१ हजार २४५ मत पाएको छ । सत्ता गठबन्धन छोडेर अन्तिम समयमा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीले ६१ हजार ७२३, एकीकृत समाजवादीले ५५ हजार ९ सय ५७ मात्र मत पाएको छ । पहिचानको नारा दिएर प्रदेश न. १ लाई लिम्बुवान राज्यको माग गर्दै आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५ सय ३१ मत मात्र पाएको छ । प्रदेश नं. १ मा नेपाली काँग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्रले मात्र १.५ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् ।


समानुपातिक तर्फ प्रदेश १ मा ३६ सिट रहेको छ । राजनैतिक दलले प्राप्त गरेको मतका आधारमा निर्वाचन आयोगले सिट बाँडफाँड गरी राजनैतिक दललाई बुझाउने छ । राजनीतिक दलले समानुपातिकको बन्द सूचिमा पेश भएका क्रमिक नामहरुबाट आफूले प्राप्त गरेको सिटमा सांसद मनोनयन गर्नेछन् । दलहरुले हाल प्राप्त गरेको मतका आधारमा एमालेले सबैभन्दा ज्यादा १५ सिट पाउने भएको छ । नेपाली काँग्रेसले १२ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट, माओवादी केन्द्रले ४ सिट, एकीकृत समाजवादीले १ सांसद पाउन भएको छ । अंक गणतीय हिसाबले हेर्दा प्रदेश १ को प्रदेसभामा एमाले एक्लैको ४० सिट रहने भएको छ । नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, एकृकृत समाजवादीको ३ सांसद रहने छन् भने जनता समाजवादी पार्टीले एक सिट प्राप्त गर्ने देखिएको छ । सत्ता गठबन्धनको सबै सिट जोड्दा ४६मात्र पुग्छ भने एमाले गठबन्धनको ४७ सिट पुग्ने देखिएको छ । सरकार बनाउन चाहिने ४७ सांसद एमालेसँग पुग्ने भएपछि आगामी प्रदेश नं. १ को प्रदेश सरकार एमाले गठबन्धनले बनाउने निश्चित भएसँगै उसले सरकार गठनको प्रक्रियालाई अगाडि बढाएको हो ।
प्रदेश नं. १ मा अघिल्लो निर्वाचनमा १.५ प्रतिशतको थ्रेसहोल्ड कटाएर सांसद पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्त्रालयले यसपटक थ्रेसहोल्ड हटाउन समेत सकेन भने आगामी प्रदेशसभामा उसको उपस्थिति शून्य हुने भएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमा दलहरुलाई खास गरी नेपाली काँग्रेर, एमाले, माओवादीले प्राप्त गरेको समानुपातिकतर्फको मतको तुलनामा घट्न गएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले उल्लेखनीय रुपमा बढाएको छ । जसपा र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कमजोर सावित भएका छन् । यसपटक एमालेले ३.७५ प्रतिशत, नेपाली काँग्रेसको ४.१२ प्रतिशत, माओवादी केन्द्रको २.३७ मत घटेको छ । अघिल्लो निर्वाचनमा एमालेले ३८.८९ प्रतिशत, नेपाली काँग्रेसले ३३.७६ प्रतिशत, माओवादी केन्द्रले ११.९१, जनता समाजवादी पार्टीले ४.०६ प्रतिशत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३० प्रतिशत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १.५ प्रतिशत मत पाएका थिए । यसभन्दा अगाडिको निर्वाचनमा एमाले एक्लै प्रत्यक्षतर्फ ३६र समानुपातिकतर्फ १५ गरी ५१ साँसद पाएर पूर्ण वहुमतको सरकार बनाएको थियो । त्यसैगरि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ गरी २१, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ५ गरी १६, जनता समाजवादवादी पार्टीले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ २ गरी ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक एक, र संघीय लोकतान्त्रिक मञ्चले १ सिट पाएका थिए ।

तपाईको प्रतिक्रिया