विद्यालय स्तरबाट खेलकुदका गतिविधि

धरान । धरानले पूर्वकै खेलकुको सहरको परिचय बनाएको छ । यहाँ कुनै न कुनै प्रकारको खेलकुदका कार्यक्रम भइ नै रहन्छन् । धरानमा वडास्तरीय प्रतियोगितादेखि लिएर राष्ट्रिय स्तरीय खेलकुदका गतिविधि भइ नै रहन्छन् । धरानको फुटखेलको जग बसाउने वडास्तरीय प्रतियोगिता गोधुली फुटबल प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्टिूय खेलाडी समाहित गरेर आयोजना गर्दै आएको बुढासुब्बा गोल्डकप, शिक्षा, स्वास्थ्य, असहायलाई सहयोग गर्ने उद्देश्यले विगतदेखि नै आयोजना गर्दै आएको धरान रन लगायतका खेलकुद प्रतियोगिता हुने गर्छ धरानमा । पछिल्लो समय धरानका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक आपसमा भाइचारा स्थापितसँगै विद्यालयस्तरबाट नै खेलकुदको विकास गर्ने उद्देश्यले विद्यालय स्तरीय दौड प्रतियोगिता आयोजना गरिएको छ । पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा धरानमा रहेका प्राय ः सबै विद्यालयका विद्यार्र्थीहरुले सहभागिता जनाएका थिए ।


धरानले खेलकुदको सहरको परिचय त्यसै बनाएको होइन । यहाँ धेरै खेलकुदका गतिविधि हुने गरेकैले यो परिचय बनाएको हो । विगतमा नियमित हुने प्रतियोगितामा अर्को प्रतियोगिता पनि धरानमा थपिएको छ । त्यो हो विद्यालयस्तरीय दौड प्रतियोगिता । यो प्रतियोगितालाई पनि निरन्ता दिने आयोजकले जनाएको छ । यसलाई विभिन्न संघ संस्था र धरान उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ ।
पहिलो पटक शनिवार आयोजना गरिएको प्रतियोगितामा धरानमा रहेका नीजि तथा सामुदायिक विद्यालयका छात्र तथा छात्राहरुले दौड प्रतियो्गितामा भाग लिएका थिए । लियो क्लब धरान र राउन्टेबल नेपालको आयोजनामा धरानमा रहेका सबै विद्यालयलाई समावेश गरेर ५ किमी दौड प्रतियोगिताको आयोजना गरेको हो । दुई भागमा विभाजन गरेर आयोजना गरिएको प्रतियोगितामा १ देखि १० कक्षा सम्मका छात्र तथा छात्रा र +२ अध्ययनरत छात्र तथा छात्रालाई प्रतिष्पर्धा गराई पुरस्कार समेत दिइएको थियो । प्रतियोगितामा ४० वटा विद्यालयका ८ सय विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । विद्यालयस्तरबाट सम्बन्ध विस्तार गर्दै विद्यार्थीलाई खेलकुप्रति अभिरुची बढोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको लियो क्लब धरानका अध्यक्ष प्रतिक ओझाले बताउनुभयो ।
यो प्रतियो्गितााको आयोजना गरेकोमा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले समेत सकारात्मक रुपमा लिएका थिए । पदम स्कूलमा अध्ययनरत छात्रा निम्सा राईले यस्ता प्रतियोगिताले विद्यार्थीबीचको चिनजानसँगै खेलकुदको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट शरीरिक स्वास्थ्य हुने भएकोले विद्यार्थीहरुलाई स्वस्थ रहन सहयोग पुग्ने बताउनु भयो ।
यस्ता प्रतियो्गितालाई धरान उपमहानगरपालिकाले सधै सहयोग गर्दै आइरहेको छ । उपमहानगरपालिकाले धरानबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी तथा सार्क गेममा विजेता बनेकाहरुलाई सम्मान गर्दै आइरहेको छ । यही कार्यक्रममा सार्क गेममा स्वर्ण पदक जित्ने अवतार श्रेष्ठलाई सम्मान समेत गरिएका थियो । सो अबवसरमा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले उपमहानगरपालिकाले यस्ता खेललाई प्रवद्र्धन गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले यस्ता खेलकुदको कार्यक्रमले खेलकुदको विकास गर्दै एक अर्काबीचका बीचमा भाइचारा सम्बन्ध स्थतापित गर्ने बताउदै उपमहनगरपालिकाले सधै यस्ता खेलको अभिभावकत्वको भूमिका निर्वाह गर्ने बताउनुभयो । यो दौड प्रतियोगिता लगत्तै फागुनमा राष्ट्रिय स्तरको प्रतियोगिता धरान रन आयोजना हुदैछ । साना तथा ठूला प्रतियोगिता नियमित जस्तो हुने गरेकैले धरानलाई खेलकुदको सहरको रुपमा चिनिएको हो । यसलाई अझ सुनमा सुघन्ध थप्ने काम स्थानीय सरकार  धरान उपमहानगरपालिकाले गर्नुपर्छ । उपमहानगरपालिकाले खेलकुद गर्ने वातावरण, खेलकुदका भौतिक संरचना र खेलकुदमा यथेष्ट बजेट छुट्याउन सक्नुपर्छ । यसो भएमा मात्र खेलकुदको गतिविधि अझ चलायमान हुन सक्छ ।

तपाईको प्रतिक्रिया