विरानगर । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण गर्नु भएको छ । मंगलबार बिहान भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गरी कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिनुभयो ।

निर्देशनकै क्रममा सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकीय जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन समेत निर्देशन दिनुभयो ।
