घण्टाघरबाट हेर्दा

भेडालाई नि पर्धानमन्तरी चाहियो
राजधानी क्षेत्र पार्टीतिरको एउटा बुकुने भेँडालाई पर्धानमन्तरी चाहियो रे । बाउ बाजेको नाम भँजाएर ख्याल ख्यालमै लाँग्रेसको
राजनीतिमा घुसपैठ ग¥या ती मनुवाले पर्धानमन्तरी चाहियो भनेर कसरी भन्न सक्या होलान् ? देश त के क्षेत्रपाटी छोडेर आजसम्म खोर भन्दा बाहिर ननिस्केको भेंडाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा तीन सय भोट पनि ल्याउन नसकेको हैसियत किन बिर्सेका होलान् ? अरुले ड्यामड्याम हजारौ भोट ल्याउँदा भेंडाले तीन सय मत समेत ल्याउन नसकेसी वाल्वाटारे मुखियाको खोरभित्र छि¥या थे । खोरभित्र छिरेसी आफ्नी बधुलाई महानगरेको मेयरमा टिकट दिलाए । तर क्यार्नु बधुले पार लगाउन सकिनन् । अब अहिले जाबो १२९ मतले भेडाँले के जित्या छन् पर्धानमन्तरी चाहियो भनेर गनगन गर्न थाल्या छन् । कुन दिन मुखिया बाको कन्पारो तात्छ त्यससपछि देख्छन् तोरीको फूल ।


माकुनेलाई नि चाहियो रे
बिना ढेउवाके फ्रि टिकट, विना ढेउवाकै फ्रि भिषाका नेपालका सुत्रधार माकुनेलाई नि पर्धानमन्तरी चाहियो रे । लाँग्रेसको बुइँ चढेर गोडा दसेक सिट पोल्टामा के हाल्या छन् प्रधानमन्तरीकोे झल्झली सपना देख्न थालेछन् । तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी समेत बन्ने ल्याकत नभएका माकु्नेले एक बर्ष भए पनि पर्धानमन्तरी माग्या छन् । अब माकुनेलाइ पर्धानमन्तरी कस्ले दिने ? सबै आफै पर्धानमनतनरी हुन लिगलिगे दौडमा हाम फालेका छन् । मागेर पाउने भए कस्लाई पर्धानमन्तरी हुन मन छैन ? पर्धानमन्तरी भन्या फ्रि ढेउवाके भनेर ललिपप बाँडेजस्तो होइन । कि कसो हौ ?
बोर्ड फस्ट हुने रे
बोकाको झै स्वर भाका, जहाँ बस्यो त्यही ठँस–ठँस उँग्ने, हाइ काढ्दै मास्तिर हेर्ने, तरतर्ती ¥याल चुहाएर हातका हत्केलामा दल्ने डडेलुधरे बृद्ध काजी बा’ फेरि एकपटक पर्धानमन्तरी हुन मरिहत्ते गर्न थाल्या छन्् । विचरालाई पर्धानमन्तरी बन्नुपर्ने बाध्यता पनि छ । ज्योतिषीको भविष्पयवाणीको मान पनि राख्नु प¥यो, जोइको कचकच पनि पूरा गर्नुप¥यो । अस्तिका दिन काँग्रेसका महामन्त्री झापाली युवाले दह«ो व्यांग्व्य कस्दै भने पाँच पटक पर्धानमन्तनरी भएर केही गर्न सक्नु भएन । छैठो पटक पर्धानमन्तरी भएर के चमत्कार गर्नुहुन्छ । जवाफमा बृद्ध काजीले भने बोर्ड फस्ट हुन्छु । कुरो छ ठीकै हो आजसम्म छैठौ पटक पर्धानमन्तरी हुने नेपालाँ कोही छैनन् । पाँच पटक सम्म त भा’थे । बृद्ध काजीले छैठौ पटक पर्धानमन्तरी भएर बोर्ड फस्ट हुने मनसाय राख्या रा’न ।
देश कस्ले बनाउ“छ ?
नेपालाँ चुनाव आयो कि मतदातालाई सोह«सराद लागेको बाहुनलाई जस्तै हुन्छ । कहिले एउटा उमेद्वारकोमा मासु भात डका¥यो, कहिले अर्को उमेद्वारको दारु घुट्क्यायो । एक डेढ महिना त मतदाताहरुलाई भ्याइनभ्याई हुन्छ । पहिलो चरणको खान्ते पिन्ते कार्जैक्रम सिद्धिएको छ । चुनाउमा जित्नेहरु धाइफलव ठोकेर काठमाण्डौतिर लागि सक्या छन् । पाँच बर्षै जागिरको नियुक्तिपत्र लिएर राजधानी पुगेकाहरु सरकार बनाउने खेलमा झिँगे दाउमा लाग्या छन् । यता मतदाताहरु कस्ले सरकार बनाउँछ भनेर चिन्ता गर्न थाल्या छन् । कागती रोपेर अंगुरको आशा नगर्ने मतदाताले फुइøयाँको चिन्ता गर्नु ? सरकार गठबन्धनले बनाइ हाल्छ नि । बरु देश कस्ले बनाउँछ भनेर चिन्तागर्नेचाहिँ भेटिनै छाडे ।
११२ भोटको फाइ“फुइ“
भोजपुरका तीन तीन पटक मतदाताहरुले जोर लत्ती बजाएपछि लुसुक्क सुनसरी झरेका टरिष्ट बहादुर कार्की यसपटक लाखे लाखे चिलिम भएर बौरिएका छन् । उनले वौरिनका लागि सानो पापड बेलेनन् । निर्माण कार्य ठेक्कामा दिएझै आफूलाई जिताउन १० खोकामा ठेक्का दिँदा पनि पार नलाग्ने देखेसी तीन दिनसम्म जालझेल गरेर मत गणनै रोकाइदिए । किन नरोकाउन त ? सरकारको प्रवक्ता, सञ्चार मन्तरी भएसी प्रहरी प्रशासन, निर्वाचन अधिकृत तिनैको मुठ्ठीमा । त्यसमाथि थप केही खोका फालाफाल । तीन रातमा ध्याउने जति सबै भ्याइदिएपछि वातै खलास । तीन दिने नाटक नग¥या भए त विचारो टुरिष्ट बहादुर कार्की गोलखाडी नै जाने
रै’छन् । धन्न त्यति बुद्धिचाहिँ पु¥याएछन् । तैपनि ११२ मतले मात्र दौडमा अगाडि देखिएछन् । अब अर्को पटकचाहिँ साह«ै सुनसरी टेक्लान् जस्तो छैन । अगुल्टोले हान्या कुकुर विजुली चक्कदा पनि कुले ठोक्छ भन्छन् ।
पालैपालो भ्याउने
पाँच दलीय सत्ता गठबन्धनभित्र यतिबेला पर्धानमन्तरीका लागि राष्ट्रिय किचलो शुरु भा’ छ । गर्भेमा तुहुन लागेकाहरुलाई काँधमा बोकेर वैतरणी तारिदिएको काँग्रेस यतिबेला पुर्पुरोमा हात राखेर रमिता हेर्दैैछ । अब सबैलाई पर्धानमन्तरी चाहिनु पनि स्वभाविक हो । सँगसँगै हिडेपछि पद पनि त बाँड्नु प¥यो । घण्टाघभर सत्ता गठबन्धनेहरुलाई एउटा सुझाव दिन्छ माने ठीकै हो नमाने लुतो न कन्याई । एक बर्ष डढेलधुरे बृद्ध काजी, एक बर्ष प्रचण्डाउ, एक बर्ष विना ढेउवावाला माकुने, एक बर्ष महन्त ठाकुर, अनि लाष्टा एक बर्ष चित्रहादुर काजी । यसो भएमा गठबनधनको सार्थकता नि
रहने, कसैको चित्त पनि नदुख्ने । लगातार पाँच बर्ष आफेनै सरकार पनि कायम रहने । हैन भने हाउजुगी भएर बस्या खप्रओले मौकाको फाइदा उठाउने निश्चित छ । गठबन्धनले पर्धानमन्तरीका लागि हमर वरतके १२ औ टक्का चाहिँ भन्नु भएन । कि कसो हौ ?
मतमात्र लोकप्रिय
समानुपातिक मत दलहरुको लोकप्रिय मत हो । अस्तिको निर्वाचनमा खप्रओको झालेमालेले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएछ । लोकप्रिय मत रे ।
विचाराका लागि मतचाहिँ लोकप्रिय भएनी सत्ताचाहिँ लोकप्रिय बनेछ । भाले भिडन्तमा लाँग्रेसले सबैभन्दा बढी सिट जितेछ । अब सरकार पनि उसैले तानतुन गरेर तनुवा सरकार बनाउने पक्का छ । एक महिनाको पछि फेरि ओर्लैर झर्ला, अर्को बहादुर झालेमाले उक्लेला । अब पाँच बर्षसम्ममा स्वतन्त्र, झिना मसिना दलहरुले राम्रै आर्जन गर्ने भए । देश बनाउँछु भन्नेहरु आफू बन्ने भए । जे होस् यसपटक जित्ने साँसदको कन्पारोमा श्री नै लेख्या जस्तो छ ।
अन्तेमा
पर्धानमन्तनरी बनुम्ला भनेर मुख मिठ्याएर, जुँगा बटार्दै ग¥या प्रचण्डाउ, झिँगे दाउ खेल्दै गरेका माकुने दुवै यसपटक पाहा पछारिए जस्तै पछािरने पो देखियो । मुलुकाँ स्थिर सरकारको आवाज जोडतोडले उठ्न थालेसी झालेमालेको समर्थनमा काँग्रेसले सरकार बनाउने हल्ला चल्न थाल्या छ । हावा नचली त्यसै पात हल्लदैन । आधा समय लाँग्रेस आधा समय झालेमालेले सरकार चलाए भने झिना मसिनाहरुको रुवाबासी हुने पक्का छ । एकले अर्कालाई टेवा दिँदा सरकार बन्छ भने गाँडे, चिहानेहरुलाई मनाउनै पर्दैन । कि कसो हौ ?

तपाईको प्रतिक्रिया