सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता कार्कीलाई चुनाव जिताउने ठेक्का लिएका ठेकेदार भागाभाग पराजयको निकट पुगेपछि धा“धलीको आरोपमा स्थागित गराइएको मत गणना सुचारु

धरान । समाजमै बदनाम पात्रलाई निर्वाचन जिताउन ठेक्का दिएर इमान्दार काँग्रेसका कार्यकर्ताहरुलाई बेवास्ता गर्दा सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाको निर्वाचनमा पराजयको निकट पुगेका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता र शक्तिको तुजुग देखाएर स्थगित गराएको मत गणना निर्वाचन आयोगको निर्देशनपछि शुरु भएको छ ।
भोजपुरबाट आएर सुनसरी काँग्रेसमा भाँडभैलो मच्चाएका कार्कीकै कारण यस पटक सुनसरीमा प्रतिनिधिसभामा निल हुन पुगेको काँग्रेसको जिल्ला नेतृत्व तहबाट गुनासो आएको छ ।


सुनसरी क्षेत्र नं. ४ मानपुरका एक कार्यकर्ताले भने सुनसरीका ४ वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर पराजय भोगिसकेको छ । २०४८ साल यता सुनसरी काँग्रेसमा यस्तो दुर्गति कहिल्यै भएको थिएन । उनले भने २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेस प्रतिनिधिसभाका ३ स्थान र प्रदेश सभाका ६ स्थानमा विजयी भएको थियो । सुनसरीको बराहक्षेत्र नगर पालिका (चकरघट्टी) का अर्का काँगेसका कार्यकर्ताले भने सरकारको प्रवक्ता जस्तो मान्छेले मत गणनामा धाँधलीको आरोप लगाउनु हाँस्यास्पद हो । यसले सुनसरी काँग्रेसकै बदनाम भएको छ । उनले थपे हुन त हारेका र हार्न लागेकाहरुले लगाउने सहज आरोप भनेकै विपक्षीले धाँधली ग¥यो भन्ने हो । अहिलेको निर्वाचनमा यो प्रवत्ति धेरै ठाउँमा देखिएको छ । काकीको रोइलो पनि यसैको एउटा कडी हो । उता भोक्राहाका अर्का काँग्रेस कार्यकर्ताको कथन छ कार्कीले आफूलाई जिताउन हरिनगरा र कोशी गाउँपालिकाका दुई व्यक्तिलाई ठ्क्का नै दिएका थिए । निर्वाचन अगाडि र निर्वाचन सम्पन्न भइसक्दा पनि कार्कीले यहाँका बषौैदेखि पार्टीमा आवद्ध, इमान्दार कार्यकर्तालाई वास्ता गरेनन् । ठेकेदारले भारी मतले चुनाव जिताउनेमा उनी ढुक्क थिए । तर जब अन्तिम मत परिणाममा कार्की एमालेका जगदिश कुस्यैतसँग ९८ मतको अन्तरले मात्र अगाडि देखिए त्यसपछि उनले मत गणना रोक्न लिखित रुपमा निवेदन दिए । यतिमात्र होइन शुरुदेखि मत गणना गर्न उनले माग गरे । निर्वाचन आयोगको निर्देशनसुनसरी क्षेत्र नं. ४ मा स्थगित भएको बाँकी मतगणनाका लागि निर्वाचन आयोगले सोमबार लिखित निर्देशन दिएपछि मंगलबारबाट रोकिएको मत गणना अत्यन्तै कडा सुरक्षा व्यवस्थाका साथ शुरु भएको छ । निर्वाचन आयोगले सोमबार दिएको निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दुवैको दफा ५७ को उपदफा १ बमोजिम कुनै मदातन केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना
गरिएको मत पत्र शिलबन्दी हुनु पहिले सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उमेद्वार वा निर्वाचन प्रतिनिधिले केही वा सबै मतपत्र दोहो¥याइ गणना गरिपाउँ भनी तत्काल निर्वाचन अधिकृत समक्ष कारण सहित निवेदन दिएमा उक्त मतदान केन्द्रका मतगणना भइनसकेको वा गणना भएको मतपत्र शिलबन्दी भइनसकेको भए उपदफा २ बमोजिम दोहो¥याई मत गणना गर्न सक्ने कानुनी व्यवस्था भएकोले निर्वाचन अधिकृतले गणना गर्न सक्ने तर कुनै मतदान केन्द्रको मत गणना भइ मतपत्रहरु शिलबन्दी भइसकेको भए उक्त शिलबन्दी मतपत्रहरु खोली पुन ः मत गणना गर्न सक्ने कानूनी आधार नदेखिएकोले ऐनको उपदफा ३ बमोजिम सूचना दिई मतगणना कार्य सुचारु गर्न गराउन तथा मतगणना स्थलमा सिसिटिभी रहेको भए सो को समेत फुटेज सुरक्षित राखी सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
मत गणना गर्न १६ हजार बाँकी
सुनसरी क्षेत्र नं. ४ प्रतिनिधिसभातर्फ कुल मतदाता संख्या १ लाख ८० हजार ६५ रहे पनि खसेको मत सम्मा ८१ हजार २३३ रहेको छ । जसमध्ये १६ हजार मत गणना हुन बाँकी रहेको छ ।
गणना गरेको कुल ६१५२४ मध्ये एमालेका जगदिश कुस्यैतले २३३४१ र काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २३४३९ पाएका थिए । जसमध्ये ४७९६ मत बदर भएको थियो भने कुल सदर मत ५६७२८ रहेको थियो । यसैगरी राप्रपाले २३३९, नेमकिपाले ११, लोसपाले ६६४, सिके राउतको जनमत पार्टीले १७१२, कोदालो बोकेको किसानले २७९, महिला पुरुषले ८, गोलाकारभित्र संख ४८, तीर ६५, दापसहितको कुखुरी ५९, त्रिशुल ३२ गोलाकारभित्र घण्टी २६८७, अर्ना ८ र टि टेवल ८ मत ल्याएका छन् । यसै सम्बन्धमा इनरुवाका सञ्चारकर्मी जयकृष्ण यादव भन्नुहुन्छ अपरान्ह सम्म सर्वदलीय छलफल भइरहेको थियो । अब गन्न बराह क्षेत्रका वडा नं. १० र ११, कोशी गाउँँपालिकाको ५,६,७, हरिनगराको ६, ७, भोक्राका नरसिहको ६,७,८ रहेको छ । जित्ने सम्भावनाका सम्बन्धमा यादव भन्नुहुन्छ, जुन वडाहरुको मत गणना गर्न बाँकी छ ती वडाहरुलाई बजारमा जुन हल्ला छ त्यस हिसाबले ५–१० सय मतले एमालेका जगदिश कुस्यैतले जित्ने देखिएको छ । होइन तलमाथि भएको, गठबन्धनको हिसाबले भोट आयो भने १–१५० मतले कार्कीले पनि जित्न सक्छन् । अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ । हुन त पहिलादेखि नै सुरक्षा व्यवस्था कडै थियो तर स्थगित भएपछि अन्यत्रको सुरक्षाकर्मीहरु पनि तैनाथ गरिएको छ भने गणकहरुको संख्या पनि बढाइएको छ । पहिला ७ ठाउँमा गणना भइरहको थियो भने अब १० ठाउँबाट एकै चोटी गणना गर्ने व्यवस्था मिलाइएको भन्ने सुन्नमा आएको छ । यसो भएमा बुधबार बेलुकासम्ममा परिणाम घोषणा हुन्छ ।

तपाईको प्रतिक्रिया