झापा तीनबाट सिटौला चिप्लिदै

दमक । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट प्रत्यासी बनेका नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनबीचमा प्रतिष्पर्धा हुने भएको छ ।


यस भन्दा अगाडि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा लिंगदेनले सिटौलालाई भारी मतले पराजित गरेका थिए । यसपटक पनि सिटौला लिंगदेनसँगै पराजित हुने स्थानीय मतदाताहरु बताउँछन् ।
राप्रपाका अध्यक्ष लिंगदेन र सिटौलाबीच २०५६ सालदेखि प्रतिष्पर्धा चल्दै आएको हो । वि.सं. २०५६ सालको संसदीय निर्वाचनमा साविकको क्षेत्र नं. १ हालको क्षेत्र नं. ३ बाट दुवैबीचमा प्रतिष्पर्धा भएको थियो । त्यसबेला सिटौलाले १७५६१ मत ल्याएका थिए भने लिंगदेनले ५६२५ मत मात्र ल्याएका थिए । तर २०७४ को निर्वाचनसम्म आइपुग्दा लिंगदेन ४४६१४ मत ल्याएर विजयी भए भने सिटौला ३११७१ मत ल्याएर पराजित भएका थिए । यसपटक लिंगदेन एमालेसँगको गठबन्धनमा निर्वाचन लड्दैछन् भने सिटौला पाँच दलीय गठबन्धनबाट । आगामी निर्वाचनमा लिंगदेन सिटौलामाथि हाबी हुने स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया