विराटनगर । मुलुकभरिका काँग्रेस कार्यकर्ताहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बामपन्थीहरुसँगको गठबन्धन घात हुने आवाज उठाइ रहँदा काँग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ८० सिट जित्न काँग्रेसलाई भागबण्डा नचाहिने बताउनु भएको छ ।

प्रतिनिधिसभाको १६५ सिटमध्ये वामपन्थीहरुसँग भएको छलफलमा काँग्रेसले ८० सिट लिएर बाँकी छाड्ने चर्चा भइरहेको अवस्थामा प्रभावशाली नेता डा. कोइरालाले आइतबार उक्त कुरा बताउनु भएको हो । प्रारभदेखि नै गठबन्धनप्रति तीखो आलोचना गर्दै आउनु भएका कोइरालाले मोरङ्ग क्षेत्र नं. ६ को बुढीगंगा गाउँपालिकाको टंकीसिनुवारीमा आयोजित एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचनपछि बलियो दल बन्नका लागि गठबन्धन नै गर्नु परेपनि एकसय सिटभन्दा कममा नेतृत्वले सहमति गर्न नहुने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, भागबण्डामा काँग्रेसलाई ७०÷८० सिट दिने जुन कुरा आएको छ त्यसले काँग्रेसको वहुमत पुग्दैन । उहाँले विगतमा काँग्रेसले जितेका स्थानमा गठबन्धन गर्नु नहुने कुरामा समेत जोड दिनुभयो ।
