यतिबेला नेपाली काँग्रेसका सत्तासीन नेताहरुको सामजिक सञ्जाल लगायत अन्यत्र देखिने अभिव्यक्ति घोर आपत्तिजनक, घृषितर अपाच्य छन् । मुलुकको समृद्धि र जनताको उत्थानमा भन्दा पनि सत्ताको चाबी आफ्नो हातमा लिएर दोहन गवर्ने मनसायले अप्राकृतिक पाँच दलीय गठबन्धन बनेको बुझ्न आम मतदातालाई गाह«ो छैन ।
हैसियतै नभएका दलहरुसाग गठबन्धन गरेर नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस धुलिसात बन्दै गएको छ । गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा र उनका किचेन क्याविनेटका नन्दी, भृगीहरुलाई फाइदा पुगेको् छ तर समग्र नेपाली काँग्रेसका मुलुकभरिका कार्यकर्ताको अपमान भएको छ । उनीहरुको शिर झुकेको छ, नेतृत्वकै कारण पार्टीप्रति चरम वितृष्णा जागेको छ । काँग्रेसका लागि आजीवन गरेको योगदान निरर्थक भएको छ ।
आज काँग्रेसको सत्तासीन नेतृत्व गठबन्धनका विरोधमा कार्यकर्ताले दिएको अभिव्यक्तिलाई चेतावनी दिन थालेका छन् । यसो हुनु दुर्भाग्य हो । आफ्नालाई लात हानेर परार्यीलाई विश्वास गरेर हिड्दाको परिणाम सुखद् हुन सक्दैन । यतिबेला नेपाली काँग्रेसको मुख्य नेतृत्व र नेतृत्वको वरिपरि घुम्नते किचेन क्याविनेटहरुलाई आगामी मंसिर ४ गते हुने विर्नाचनमा जुनसुकै हालतमा भएपनि हराउ अभियानमा देशैभरिका कायृकर्ता जुटेका छन् । चाहे उनीहरु भित्रीरुपमा जुटेका हुन् चाहे बाहिरी रुपमा जुटेका हुन् । एक पटक वतर्नमान नेतृत्वलाई चुनौति दिन आवश्यक भइसकेको इमान्दार कार्यकर्ताको ठम्याई छ ।
पछिल्लो दिनमा नेपाली काँग्रेसको नेतृत्व कतिसम्म निकम्बा र नालायक देखिएको छ भने काँग्रेस कार्यकर्ताले आयोजना गरेको मञ्चबाटै गठबन्धनको विरोध नगर्न, गठबन्धनका अन्य दललाई जिताउन निर्देशन दिने, नेपाली काँग्रेसका आदर्श व्यक्तित्व बीपी कोइरालाको नाम नदिलने, काँग्रेसको चुनाव चिन्हको उच्चाहरण नै नगरी सम्बोधन गर्ने प्रवृत्ति झाँगिएको छ । यसको पछिलो दृष्टान्त काँग्रेस सभापति शेरबहादुर देउवाको पछिल्लो चितवन भ्रमणमा दे्खियो । काँग्रेसले सहज ढंगले जित हाँसिल गर्ने अवस्थामा रहेको भरतपुर महानगरपालिकामा माओवादीलाई मत नदिए काँग्रेसका कार्यकर्तालाई कडा कारबाही गर्ने चेतावनी नेतृत्वले् दियो । पाँच सय मत नभएको माधवकुमार नेपालको नव कथित पार्टीका उमेद्वारलाई २० हजार मत रहेको हेटौडा, पोखरा लगायतका स्थानमा मत हाल्न चेतावनी दिइयो । एक पटकलाई नेतृत्वको निर्देशन कार्यकर्ताले पालना गरे । तर बारम्बार पालना गर्छन् भन्ने छैन ।
यतिबेला फेरि नेतृतवको यही ढंगको कार्यशैली देखिदै छ । एक्लै चुनावमा जान नसक्ने हैसियतमा सभापति देउवाले काँग्रेसलाई पु¥याएको प्रष्ट भएको छ । इतिहासमा काँग्रेसले कहिल्यै निर्वाचनमा जान अरुको वैसाखी टेक्नु परेको थिएन । आज काँग्रेस किन यो अवस्थामा पुग्यो ? काँग्रेसलाई यो अवस्थामा पु¥याउने खलनायक को को हुन् ? तिनको पहिचान कार्यकर्ताले गरिसकेका छन् । कार्यकर्ताको भावना अनुसार राजनैतिक पार्टी नचल्ने हो भने प्रजापरिषद्को हैसियत भोग्न अब कसैले रोक्न सक्दैन । अझ पनि समय छ काँग्रेस गठबन्धनबाट अलग हुनुपर्छ, एक पटक निर्वाचन हार्दैमा काँग्रेस सिद्धिदैन । अर्को पटक पनि निर्वाचन हुन्छ तर गठबन्धनले काँग्रेस सिद्धिने निश्चित छ ।
