धरान/धरानका समाजसेवी एवम् व्यवसायी घनश्याम अग्रवालको दोस्रो महाविनाशकारी भुकम्पमा परी शनिवार काठमाण्डौमा निधन भएको छ ।
झण्डै २५ बर्षदेखि काठमाण्डौ भोटेवहाल बस्दै आएनु भएका अग्रवाल शनिवार आÏना भाई पवन अग्रवालको घरमा विहान आउनु भएको थियो ।
सुन्धरा लाइफलाइन हस्पिटल नजिक रहेको भाइ पवन अग्रवालसागको भलाकुसारीपश्चात उहाा बाहिर निस्कदै हुनुहुन्थ्यो । अग्रवालका काका काशी अग्रवालका अनुसार घरभित्रबाट दुई भाइ सागै बाहिर निस्कदै थिए एक्कासी घरको पर्खाल ढल्यो । शनिवार आएको ७.९ रेक्टर स्केलको महाभुकम्पले ढालेको पर्खालले दुवै दाजुभाइलाई किचेता पनि घनश्याम अग्रवालको तत्काल निधन भएको थियो भने पवन अग्रवालको अवस्था हालसम्म चिन्ताजनक नै रहेको छ ।
पारिवारिक स्रोतका अनुुसार पवन अग्रवालको उपचार
राजधानीमा हुन नसकेपछि थप उपचारका लागि सोमबार दिल्ली लगिएको छ । अत्यन्तै मिजाशिला, सहयोगी एवम् सुन व्यवसायी घन श्याम अग्रवालको निधनले यतिबेला धरानका व्यवसायीहरु शोकमा डुबेका छन् । स्व. अग्रवालको निधनप्रति शोक व्यक्त गर्दै धरानका सुनचाादी व्यवसायीहरुले दुई दिन आफ्नो व्यवसाय बन्द गरेका थिए । स्व. अग्रवालका अत्यन्तै मिलनसार मित्र एवम् निर्माण व्यवसायी जनसेवक भण्डारी भन्नुहुन्छ, घनश्याम आाखामा हाल्दा पनि नबिझाउने साथी थियो ।
राजधानीमा बसे तापनि धरानेहरुलाई कुनै साह्रो गाह्रो अप्ठेरो पर्दा सहयोगका लागि तुरुन्तै पुग्ने अग्रवालको स्वभाव थियो यहाा स्मरणीय कुरा के छ भने अग्रवाल आफू प्रत्यक्ष संलग्न नभई काका काशी अग्रवाल र स्व. पिता विश अग्रवालमार्फत धरान ५ स्थित गीत मन्दिरमा बंशीकला धर्मशाला, निर्माण गरिदिनुभएको थियो । यसैगरी धरान तथा आसपासमा रहेका मठमन्दिर, धर्मशाला, सार्वजनिक विद्यालयहरुमा समेत अग्रवालले करोडौ रुपैयाा सहयोग गर्नुभएको थियो । स्व. अग्रवालका दुई चोरा, एक छोरा र श्रीमति हुनुहुन्छ ।
