धरान । नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्दले भाद्र ७ गते नेपाल बन्दको घोषणा गरेको छ । गत फागुन २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहका बरिष्ठ एक दर्जन नेताहरुलाई ३५दिनभित्रमा गिराÏतार गर्न अदालतले आदेश दिएपछि महासचिव चन्दले भाद्र ७ गते आम हड्तालको घोषणा गरेका हुन ।
नेकपाका महासचिव नेत्रविक्रम चन्दले श्रावण २७ गते एक विज्ञप्ती प्रकाशित गरी आफूसँगै अन्य नेताहरु खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र वास्तोला, उदयबहादुर चलाउनेलगायत एक दर्जन नेताको गिराÏतारी पूँर्जीलाई भन्दा पनि वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिँदै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी पारित गर्ने, राष्ट्रघाती नागरिकता विद्येयक, एसपीपी, महंगी, भ्रष्टाचार लगायतका मुद्दालाई विज्ञप्तीमा प्रमुख रुपमा उठाउँदै आम हड्तालको घोषणा गरेका हुन् ।

श्रावण २७ गते ललितपुर उच्च अदालतले महासचिव विप्लवसहितका नेतालाई ३५ दिनभित्रमा पक्राउ गर्न आदेश दिएको थियो । हत्या, लुटपाट, विस्फोट, आगजनीको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आफूहरुमाथि पक्राउ पुर्जी जारी गर्नु घोर राजनीतिक षड्यन्त्र भएको भन्दै नेकपाले सरकारको तिब्र आलोचना गर्दै आएको छ । उसले ७ गतेको आम हड्तालपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने विज्ञप्तीमा जनाइएको छ ।
