नेपाली काँग्रेस क्षेत्र र वडा समितिको आयोजनामा ६५१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

धरान । नेपाली काँग्रेस क्षेत्रीय स्वास्थ्य विभाग क्षेत्र नं. १ सुनसरी, वडा कार्यसमिति धरान ३ र वडा कार्यसमिति धरान १५ को संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका न्युरो फिजिसिएन डा. भुपेन्द्र साह, न्यूरो सर्जन डा. आलोक दाहाल, न्युरो साइक्याटिक्स डा. सञ्जिवकुमार मिश्र र जनरल फिजिसिएन डा. अजय यादवले धरान ३ स्थित भानु स्मृति माविमा स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।


खास गरेर शरीर झम्झाउने, शरीर काप्ने, कुराहरु विर्सिने, क्षयरोग, निराश हुने, डर लाग्ने, टाउको दुख्ने, नशा तथा मांसपेशी, हड्डीको ट्युमर, हड्डी खिएको, नशा च्यापिएका विरामीहरु स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविरमा पुगेका थिए । नेपाली काँग्रेस धरान वडा ३ का वडा सभापतिको विशेष पहलमा स्वास्थ्य शिविर आयोजना भएको थियो । सो अवसरमा बोल्दै निःशुल्क न्युरो स्वास्थ्य शिविर सञ्चालन गर्नुको उद्देश्य स्वास्थ्यका सम्बन्धमा नेपाली काँग्रेस वडा नं. ३ का सभापति उमेश श्रेष्ठले भन्नुभयो यो विसुद्ध स्वास्थ्य शिविर हो । उहाँले भन्नुभयो वडामा सबै वर्गका मानिसहरुसँग समन्वय गरेर हिड्नुपर्छ भनेरै विना पूर्वाग्रह, बिना भेदभाव शिविरको आयेजना गरिएको हो । समाज त्यतिबेला समुन्नत हुन्छ जब
नागरिक स्वास्थ्य हुन्छन् । त्यसैले नेपाली काँग्रेसले स्वास्थ्य नागरिक समुन्नत समाजको परिकल्पना गरेको आयोजक श्रेष्ठले बताउनुभयो । यस भन्दा अगाडि नेपाली काँग्रेस वडा नं. ३ को आयोजनामा चिनियाँ चौकमा वृहत रक्तदान कार्यक्रम समेत सञ्चालन भएको थियो । प्रत्येक महिना एक वडामा रक्तदान गर्न नेपाली काँग्रेसको नीति अनुरुप रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा ७९ पिन्ट रगत संकलन समेत भएको थियो ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, प्रदेश १ का महामन्त्री उमेश थापा, सुनसरी उद्योग वाणिज्य सघका अध्यक्ष विजय श्रेष्ठ, धरान उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्य लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया