फरक क्षमता भएकालाई सहयोग

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ ले फरक क्षमता भएकाहरुलाई बार्षिक बजेट अन्तर्गत छुट्याइएको बजेटबाट सहयोग गरेको छ । वडाले फरक क्षमता भएका सात जनालाई आधारभूत स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरी सहयोग दिएको हो ।


वडाले उनीहरुलाई अतिआवश्यक पर्ने चामल, दाल, खानेतेल, साबुन र तुथपेष्ट लगायतका सामाग्री वडामा रहेका सात जनालाई प्रदान गरेको हो । वडाले प्रत्येक महिना उनीहरुलाई जीवनयापनमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले वितरण गर्ने गरेको छ । वडाले सहयोग गरेकोमा फरक क्षमता भएका तथा उनीहरुका अभिभावक खुशी देखिन्थे । उनीहरुले वडाको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा बच्चाहरुका लागि चाहिन अत्यावश्यक सामाग्री डाइपर,ओट, विस्कुट तथा फूलफूल लगायतका सामाग्री प्रदान गर्न वडाध्यक्षलाई अनुरोध गरे । फरक क्षमता भएकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको सामाग्री पर्याप्त नभएका वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँले आगामी दिनमा उहाँको आवश्यकता अनुसारका सामाग्री वितरण गरिने बताउनुभयो । वडाले लक्षित वर्गका लागि विगतदेखि नै औषधि, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री वितरण गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया