धारापानी समाजको स्थापना तथा बार्षिक साधारणसभा सम्पन्न

धरान । साँगुरी धारापानी समाजको तेस्रो स्थापना दिवस तथा १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सामाजिक कार्यमा समर्पित समाजले तेस्रो स्थापना दिवस तथा १२ आंै साधारणसभाका अवसरमा झण्र्डै एक दर्जन व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । समाजले जेष्ठ नागरिक गोकुल राई, धनजी राईलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । यसैगरी धरान १ स्थित वीरेन्द्र मेमोरियल कलेजकी विद्यार्थी गरिमा राईले एचसिसिएच आइटीको सेभेन सेमेस्टरमा पूर्वाञ्चलमै सर्वाधिक अंक ल्याउन सफल भएपछि उनलाई सम्मानपत्रसहित खादा ओढाइएको थियो भने इन्दिरा पखिले लगायत आजीवन ७ जना सदस्यलाई पनि सम्मान गरिएको थियो ।


समाजकी संस्थापक अध्यक्ष नेत्रकुमारी राईको प्रमुख आतिथ्य तथा गणेशकुमारी लिम्बु राईको सभापतित्वमा सम्पन्न स्थापना दिवस तथा साधारणसभामा सचिवको कार्यपत्र सहसचिव सन्तोष राई, कोषाध्यक्षको प्रतिवेदन शोमा राईले प्रस्तुत गर्नुभएको थियो भने रञ्जु राई लगायतले शुभकामना सन्देश दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया