सियोन थी्र वाइ थी्र महिला पुरुष वास्केटवलको दुवै उपाधि होलिल्याण्डलाई

धरान । सियोन स्कुलको आयोजनामा शुक्रवार आयोजित एक दिने सियोन स्कुल थी्र वाइ थी्र महिला पुरुष बास्केटवल प्रतियोगिताको दुवै उपाधि होलिल्याण्ड स्कुलले जितेको छ ।
महिला तर्फको फाइनल खेलमा होलिल्याण्डले आयोजक सियोन स्कुललाई १२–१ र पुरुष तर्फ डिपो स्कुललाई ९–७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । अत्यन्त्य प्रतिष्पर्धात्मक भएको पुरुष तर्फको खेलमा भने निर्धारित समय सकिन्दा दुवै टिमले वरावर ७–७ अंक जोडेपछि समय थप  गरिएको थियो । थप समयमा होलिल्याण्डले दुई पोइन्ट जोड्दै ९–७ अंकको नतिजा ल्याउदै होलिल्याण्ड विजयी भएको थियो ।


उपाधि संगै विजेता होलिल्याण्ड स्कुलका महिला पुरुष दुवै टिमले नगद चार हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उपविजेता महिला तर्फका सियोन स्कुल र पुरुष तर्फका डिपो स्कुलले नगद दुई हजार रुपैया, ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि माथि पनि दुवै तर्फ होलिल्याण्ड स्कुलले नै कव्जा जमाएका छन । पुरुष तर्फ युडि लिम्वु र महिला तर्फ सन्ध्या राई उत्कृष्ट खेलाडि घोषित भए । त्यस्तैगरि उदयीमान खेलाडिमा महिला पुरुष दुवै तर्फ आयोजक सियोन स्कुलका संझना राई र संयोग राइ घोषित भए । उनिहरुलाई जनहि नगद एक हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान १६ नं वडाका वडाध्यक्ष मुरारि भट्टराई, सियोन स्कुलका अध्यक्ष खड्क थापा मगर, प्रदेश १ बास्केटवलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, मुवाथाइ किक वक्सिङ्गका सुनसरी अध्यक्ष एलकोन मगर लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको सेमिफाइनलमा महिला तर्फ सियोन स्कुलले चिल्ड्रेन स्कुललाई र होलिल्याण्ड ‘ए’ले होलिल्याण्ड ‘वि’ टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । त्यसैगरि पुरुष तर्फ डिपो स्कुलले आयोजक सियोन स्कुल र होलिल्याण्ड स्कुलले  तरहरा ए टिमलाई परिजित गर्दै फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा यसै वर्ष एसइइ दिएका विद्यार्थी सम्मका पुरुष तर्फ १२ टिम र महिला तर्फ ५ टिमले सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया